२५ भाद्र २०८३, बिहीबार
,
Latest
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् आफ्नै आठ महिने शिशुको हत्या गर्ने आमा बुवा



अ+ अ-

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको हत्या गरेको अभियोगमा एक दम्पत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले आठ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीले जनाएको हो ।

शिशुको हत्या भएको आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले अनुसन्धानका क्रममा आमा–बुबाले आफ्नै घरको छतमा दुधे आठ महिनाको नाबालक छोरा सुरज मल्लाहलाई घाटी रेटी हत्या गरेको खुलेको आज सूचनामार्फत जानकारी गराउनुभएको छ ।  

मृतकको परिवारमा जग्गासम्बन्धी विवादको कारणले दैनिक कलह झै झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थलको अवलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको थियो । मल्लाह दम्पत्ति सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको थियो । बिस्तारामा, विद्युत्को स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको प्रहरीले जनाएको छ ।

मृतक शिशुका आमा–बुबाले प्रहरी समक्षा हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ । मृतक शिशुका आमा–बुबालाई कर्तव्य यान मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।