१७ असार २०८३, बुधबार
,
Latest
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला फोहरबाट आम्दानी गर्दै मध्यविन्दु ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको जहाजले घोडाघोडीको आकाशमाथि झण्डै आधा घण्टा फन्को लगाएपछि..



फाईल फोटो
अ+ अ-

कैलाली । काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजले नेपालगञ्जमा अवतरण गरेको छ । 

मंगलबार मौसम सुधार हुने आशामा जहाजले घोडाघोडी नगरपालिकाको आकाशमाथि झण्डै आधा घण्टा फन्को लगाएको थियो । तर मौसम नसुध्रिएपछि विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।

पाँच बजेर ५ मिनेटमा काठमाडौँबाट उड्नु पर्ने जहाज मौसमकै कारण साँझ झण्डै ६ बजे उडेको थियो । सवा सात बजे सुख्खडको आकाशमा पुगेको जहाज धनगढी विमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नभएपछि फर्किएको हो ।

बुद्ध एयर धनगढीका ईञ्चार्ज बुधराम माझीका अनुसार मौसममा सुधार भएपछि नेपालगञ्ज विमानस्थलमा इन्धन भरेर केहीबेरअघि जहाज धनगढी विमानस्थलमा अवतरण गरेको छ ।  मौसम खराब हुँदा केही समय आकाशमै होल्ड हुनु परेपछि केही यात्रु आत्तिएका थिए ।