२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको जहाजले घोडाघोडीको आकाशमाथि झण्डै आधा घण्टा फन्को लगाएपछि..



फाईल फोटो
अ+ अ-

कैलाली । काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजले नेपालगञ्जमा अवतरण गरेको छ । 

मंगलबार मौसम सुधार हुने आशामा जहाजले घोडाघोडी नगरपालिकाको आकाशमाथि झण्डै आधा घण्टा फन्को लगाएको थियो । तर मौसम नसुध्रिएपछि विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।

पाँच बजेर ५ मिनेटमा काठमाडौँबाट उड्नु पर्ने जहाज मौसमकै कारण साँझ झण्डै ६ बजे उडेको थियो । सवा सात बजे सुख्खडको आकाशमा पुगेको जहाज धनगढी विमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नभएपछि फर्किएको हो ।

बुद्ध एयर धनगढीका ईञ्चार्ज बुधराम माझीका अनुसार मौसममा सुधार भएपछि नेपालगञ्ज विमानस्थलमा इन्धन भरेर केहीबेरअघि जहाज धनगढी विमानस्थलमा अवतरण गरेको छ ।  मौसम खराब हुँदा केही समय आकाशमै होल्ड हुनु परेपछि केही यात्रु आत्तिएका थिए ।