काठमाडौं । गृह मन्त्रालयले पाँच सय ३४ जना कैदीबन्दीको कैद मिनाहका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषदमा सिफारिस गृह मन्त्रालयले कैद मिनाहका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो।
५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएकाहरूको कैद मिनाहका लागि गृहले मंगलबार सिफारिस गरेको हो।
साथै सात जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिससमेत गरिएको गृह स्रोतले जनाएको छ।