२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरनेट तथा केबुलका अव्यस्थित तार हटाउन निर्देशन



अ+ अ-

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युत् र टेलिकमका खम्बाबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका अव्यवस्थित तार सात दिनभित्र हटाउन सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

अव्यवस्थित र अनावश्यक तारले वीरेन्द्रनगरको सौन्दर्य घटाएको र दुर्घटना निम्त्याउने गरेको भन्दै प्रशासनले त्यस्ता तार हटाई भूमिगत व्यवस्थापन गर्न निर्देशन दिएको हो । जमिनबाट कम उचाइमा रहेका, लत्रिएका, प्रयोगविहीन तार हटाउन र नयाँ तार जडान गर्न नेपाल विद्युत् प्राधिकरण तथा नेपाल टेलिकमसँग अनिवार्य समन्वय गर्न आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा इन्टरनेट तथा केबुल नेटवर्कका तार व्यवस्थापन गर्ने सम्बन्धमा बसेको बैठकले टेलिकम र विद्युत् प्राधिकरणले प्रयोग नभएका, सडेगलेका एवं स्थानान्तरण गरी सडकमै छाडिएका खम्बा तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको छ । 

त्यस्तै, बैठकले असोज ६ गते नेपाल टेलिकम सुर्खेत कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन, नेपाल विद्युत् प्राधिकरण, हुलाक निर्देशनालय र सेवाप्रदायक निकायका प्रतिनिधिसहितको टोलीले यो निर्देशन पालना भए नभएको स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।