२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो बन्यो एमालेको विधान महाधिवेशन लोगो



अ+ अ-

काठमाडौं । नेकपा एमालेले यही असोज १५ गतेदेखि १७ गतेसम्म पार्टीको विधान महाधिवेशन गर्दैछ । 

ललितपुरको गोदावरीमा चल्ने महाधिवेशनका लागि देशभरबाट पार्टीमा विभिन्न पद एवं विभागमा रहेकाबाहेक ३ हजार बढीले भाग लिने पार्टीका सचिव एवं प्रचार विभाग योगेश भट्टराईले जानकारी दिएका छन् । 

एमाले विधान महाधिवेशनमा भाग लिनेहरुः

–केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका पदाधिकारी सदस्य, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय विभागबाट सचिवलगायत १५ जना ।

–प्रदेश कमिटी र सोसरह मान्यता पाएका पदाधिकारी तथा सदस्यहरू ।

–जिल्ला कमिटी तथा जिल्ला कमिटीसरह मान्यता पाएका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू ।

–प्रत्येक जिल्लाको निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी एक जना सदस्य र एक जना महिला सदस्य । जिल्लाको प्रतिनिधित्व हुने गरी कम्तीका पनि एक जना दलित सदस्य।

–पार्टीका घोषित जनवर्गीय संगठनको केन्द्रीय पदाधिकारीमध्येबाट १० जनाको दरले भाग लिने पाउनेछन् ।

–पार्टी सदस्य रहेका प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्य प्रदेश सभाका सदस्य, जिल्ला समन्वयन समितिका प्रमुख र उपप्रमुख महानगरपालिका उपमहानगरपालिका/नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलगायत ।