२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैंका लागि नयाँ नाेट असोज ४ देखि वाणिज्य बैंकहरुबाट पाइने राष्ट्र बैंकको भनाइ



अ+ अ-

काठमाडौं । बडा दशैं २०७८ को अवसरमा कोरोना भाइरसको जोखिम समेतलाई ध्यानमा राखी काठमाडौं उपत्यकामा यही असोज ४ गतेदेखि विभिन्न वाणिज्य बैंकहरुबाट नयाँ नोट सटही गर्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ  ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक र तिनीहरुका तोकिएका शाखा मार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको जनाउँदै राष्ट्र बैंकले नजिकको बैंकको शाखामा गएर नयाँ नोट सटही गर्न आग्रह गरेको छ ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफु नजिकको शाखा कार्यालयमा गई नयाँ नोट सटहीको सुविधा लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट सटही सुविधा प्राप्त गर्न बैंकमा जाँदा नेपाल सरकार र स्थानीय प्रशासनले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड तथा सामाजिक दूरीको पूर्ण पालना गर्न पनि बैंकले अनुरोध गरेको छ ।