२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैंका लागि नयाँ नाेट असोज ४ देखि वाणिज्य बैंकहरुबाट पाइने राष्ट्र बैंकको भनाइ



अ+ अ-

काठमाडौं । बडा दशैं २०७८ को अवसरमा कोरोना भाइरसको जोखिम समेतलाई ध्यानमा राखी काठमाडौं उपत्यकामा यही असोज ४ गतेदेखि विभिन्न वाणिज्य बैंकहरुबाट नयाँ नोट सटही गर्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ  ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक र तिनीहरुका तोकिएका शाखा मार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको जनाउँदै राष्ट्र बैंकले नजिकको बैंकको शाखामा गएर नयाँ नोट सटही गर्न आग्रह गरेको छ ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफु नजिकको शाखा कार्यालयमा गई नयाँ नोट सटहीको सुविधा लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट सटही सुविधा प्राप्त गर्न बैंकमा जाँदा नेपाल सरकार र स्थानीय प्रशासनले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड तथा सामाजिक दूरीको पूर्ण पालना गर्न पनि बैंकले अनुरोध गरेको छ ।