२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सक्किगोनी’ अब जेपिटी क्रियसन युट्युव च्यानलमार्फत आउने



अ+ अ-

काठमाडौं । चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगोनी’ अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ । 

यसअघि शोको युट्युव राइट्स ओ एस आर डिजिटलले लिएको थियो । 

ओएसआरसँगको सम्झौता अवधी सकिएको र नयाँ सम्झौता नभएको कारण ‘सक्किगोनी’को आफ्नै युट्युव च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रिएसन अफिसियलबाट सार्वजनिक हुने भएको हो । 

अब बिहीबार राति ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट आउने भएको छ ।

ओएस आर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको सक्किगोनीका कलाकार तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।

‘ओएसआरसँग ५२ भागसम्मको सम्झौता थियो तैपनि ६० भाग प्रसारण भइसकेको छ । अब हाम्रो आफ्नै च्यानलमा ल्याउने निर्णय गरेका हौं।’ जिग्रीले जेपिटी क्रियसन अफिसियलबाट आउनुको कारण खुलाए।