२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महँगियो भारतीय विद्युत्



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार प्राधिकरणले  गत आवमा भारतबाट १ किलोवाट आवर विद्युत् ७ रुपैयाँ ९५ पैसामा खरीद गरेको छ । जुन अघिल्लो आव २०७६र७७ को भन्दा १९ पैसाले बढी हो । अघिल्लो आवमा प्राधिकरणले भारतबाट १ किलोवाट आवर विद्युत् औसतमा ७ रुपैयाँ ७६ पैसामा खरीद गरेको थियो  

भारतीय विद्युत् महँगोमा खरीद गरेको अवस्थामा स्वदेशी निजीक्षेत्रको विद्युत्को खरीद दर भने घटेको छ । गत आवमा निजीक्षेत्रबाट खरीद गरिने विद्युत्को औसत दर १९ दशमलव २६ प्रतिशतले घटेको छ । गत आवमा निजीक्षेत्रबाट १ किलोवाट आवर विद्युुत ५ रुपैयाँ ८६ पैसामा खरीद भएको छ । अघिल्लो आवमा भने ७ रुपैयाँ २५ प्रैसामा विद्युत् खरीद भएको थियो ।

यस्तै, गत आवमा भारतबाट हुने विद्युत् (इनर्जी) को आयात पनि ह्वात्तै बढेको देखिन्छ । गत आवमा भारतीय विद्युत्को आयात ६३ दशमलव ४५ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार गत आवमा २ हजार ८२६ गिगावाट आवर विद्युत् आयात भएको छ, जुन अघिल्लो आवको भन्दा बढी हो । अघिल्लो आवमा १ हजार ७२९ गिगावाट विद्युत् आयात भएको छ ।

पछिल्लो समय नेपालमा विद्युत्को उत्पादन बढ्दै गएको छ । तर, अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित हुँदा हिउँदमा उत्पादन घट्ने गर्छ । त्यो समयमा विद्युत् माग पूरा गर्न भारतबाट आयात गरिँदै आइएको छ । वर्षात्को समयमा भने विद्युत् निर्यात पनि हुँदै आएको छ ।

गत आवमा नेपालमा ८ हजार ८७७ गिगावाट आवर विद्युत् खपत भएको छ । जुन अघिल्लो आवको तुलनामा १४ दशमलव ६८ प्रतिशतले बढी भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आवमा ७ हजार ७४१ गिगावाट आवर विद्युत् खपत भएको थियो ।

गत आवमा निजीक्षेत्रबाट ३ हजार २४१ गिगावाट आवर विद्युत् आपूर्ति भएको छ । त्यो बाहेकका विद्युत् भने प्राधिकरणका आयोजनाहरूबाट नै आपूर्ति भएका बताइएको समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।