काठमाडौं । एमाले नेता शंकर पोखरेलले गठबन्धनलाई एमालेले देखाउने बताएका छन् । बिहीबार ट्वीटरमार्फत उनले गठबन्धन बनाएर एमाले सिध्याउछौँ भन्नेहरुले चुनाव घोषणा गरे एमाले त्यसलाई सामना गर्न तयार भएको बताएका हुन् ।
‘गठबन्धन बनाएर एमाले सिध्याउछौँ भन्नेहरुले चुनाव घोषणा गरे हुन्छ एमाले त्यसलाई सामना गर्न तयार छ।’ उनले भनेका छन्, ‘संसद र सरकारको हुर्मत त दुई महिनामै लिसक्यो गठबन्धन सरकारले।’
संसदको विघटन संसदीय लोकतन्त्रको अन्त्यका लागि नभई चुनावका भएको बताउँदै पोखरेलले लेखेका छन्,‘संसद विघटन गर्नेहरु संसदमा जानु हुँदैन भन्नेहरु पनि छन्। तर संसदको विघटन चुनावका लागि थियो, संसदीय लोकतन्त्रको अन्त्यका लागि होइन।’
उनले परमादेशी गठबन्धन सरकार सत्तास्वार्थमा लिप्त भएकाले मुलुकमा ुबजेट होलिडेुको संकट निम्तिएको होस गर्न नसकेको भन्दै व्यङ्य गरेका छन्।