सङ्खुवासभा । सङ्खुवासभामा ६ जनाको सामूहिक हत्या भएको घटनाले नयाँ ट्विस्ट लिएको छ । जिल्लाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै घरका ६ जनाको हत्या आरोपमा यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल नरेशको साथबाट बरामद भएको छ । घटना भएको ५ दिनपछि लोकबहादुरलाई प्रहरी पक्रेर सार्वजनिक गरेका थिए ।
तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।
‘लोकबहादुरले हत्या गर्दै गए, नरेश पछि–पछि थियो’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्–‘अन्तिममा ८४ वर्षीया पार्वती कार्कीलाई हत्या गरेर लोकबहादुर फर्केपछि पछिपछि लुक्दै गएका नरेश रञ्जना सुत्ने कोठामा पसेर मोबाइल लिएर हिँडेको देखिन्छ ।’