१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी भित्रका दक्षिणपन्थी र परमादेशका कारण सरकार छाड्नु पर्‍यो : रामबहादुर थापा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले माधब नेपाल तथा पुष्पकमल दाहालले पुँजिवादीहरूको सहकार्यमा  परामादेश बाट कम्युनिष्ट पार्टीको नेतृत्वलाई सरकारबाट अपदस्त गरेको बताउनु भएको छ ।

 एमाले काठमाडौंले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  थापाले पार्टीभित्रका दक्षिणपन्थी र अदालतको परमादेशका कारण एमाले सत्ताबाहिर जानु परे पनि वर्ग संघर्षको माध्यमबाट फेरि राज्यसत्तामा आइपुग्ने बताउनु भयो ।

नेकपा एमाले कम्युनिष्ट आन्दोलन र समाजबादको मुल धारा भएको  दाबी गर्दे नेता थापाले भन्नुभयो ‘आज राजनीतिक रूपमा हामी सत्ताबाहिर पुगेका छौं तर पार्टीभित्रका दक्षिणपन्थी विसर्जनवादीहरू पार्टीबाट अलग भएका छन् । हामी वर्ग संघर्षको माध्यमबाट एमालेको नेतृत्वमा पुनः सत्तामा आउनेछौं ।’