५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४५.५९ अंकले गिरावट



अ+ अ-

काठमाडौं । पछिल्लो एक हप्तादेखि निरन्तर रुपमा नेप्से परिसूचक ओरालो लागेको छ ।

साताको दोस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ४५.५९ अंक घटेर २०२०.२३ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२४ अंक, फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७२ अंकले गिरावट आएको छ।

मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार १ अर्ब २७ करोडठ ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

नेप्से निरन्तर ओरालो लागेपनि दुई कम्पनीको शेयर निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। त्यस्तै, हिमालयन बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्पोट माइक्रोफाइनान्स र जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको मूल्य ५ प्रतिशत बढीले गिरावट आएको छ । कारोबार रकमका आधारमा ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ ।