६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ दशक कष्ट झेल्ने राष्ट्रवादी नेता



अ+ अ-

काठमाडौं । प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व हुनुहुुथ्यो ।

आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले नारायणहिटी दरबारमा बोलाएर तपाईंले नेतृत्व गर्नुभएको आन्दोलन सफल भएको छ, अब तपाईं प्रधानमन्त्री बन्नुहोस् भन्दा उहाँले त्यसलाई अस्वीकार गर्नुभयो । उहाँको जवाफ थियो, ‘‘यो आन्दोलन म आफैँ प्रधानमन्त्री हुन गरेको होइन ।’’ नेपाली काँग्रेसका कार्यवाहक सभापति नेता कृष्णप्रसाद भट्टराईको नाम प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभएपछि उहाँ नेपाली राजनीतिमा त्यागी नेताका रूपमा उदाउनुभएको हो ।

इतिहास पुरुषहरूका विचारमा गणेशमान सिंह नामक पुस्तकमा गोविन्दप्रसाद उपाध्यायको स्मरण छ, ‘‘२०४६ को जनआन्दोलन सफल भएपछि गणेशमान नेपालको हिरो हुनुभयो, त्यसैले उहाँलाई सबैले सर्वमान्य भने । उहाँको त्याग, तपस्या, बलिदान र प्रजातान्त्रिक सङ्घर्षका लागि निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका कुनै पनि विश्व स्तरका राजनेताहरूसँग दाँज्न नसकिने उहाँको उचाइ छ ।’’
विसं १९७२ कात्तिक २४ गते काठमाडौँमा जन्मनुुभएका सिंहले १९९७ सालमा स्थापित प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय हुनुभयो । प्रजा परिषद् नेपालको पहिलो राजनीतिक दल हो ।

गणेशमानसँगै जेलमा बस्नुुभएका हरिकृष्ण श्रेष्ठले भन्नुुभएको छ, ‘‘एक दिन नरशमशेर आएर गणेशमानलाई निच भाषा प्रयोग गर्दै ‘गणेशमान यो तेरो नरदेवी होइन’ भन्यो । गणेशमानको जवाफ थियो, जहाँ गणेशमान हुन्छ, त्यहीँ नरदेवी हो । यो सुन्ने बित्तिकै नरशमशेरले एक मुक्का हान्यो, गणेशमानको मुखबाट रगत बग्न थाल्यो । अनि गणेशमानले चिच्याउँदै ‘मर्द होस् भने आइज, सिक्री खोलेर मैदानमा लड्न तयार छु ।’ गणेशमानको जवाफ सुनेपछि नरशमशेर रातो मुख लगाएर हिँडेका थिए ।’’

गणेशमान सिंहका छोरा एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह भन्नुहुन्छ, ‘‘गणेशमानजीले जति कोर्रा सायद कसैले खानुु परेन होला, उहाँसँगै जेलमा परेका चार जनालाई वि.सं १९९७ मा राणाहरूले फाँसीको सजाय दिएका थिए ।’’ जेलबाट १२ फिट र २४ फिटका दुुईवटा पर्खाल नाघेर गणेशमान भाग्न सफल हुनुभएको थियो ।

चार जनालाई फाँसी दिएपछि अब गणेशमान सिंहको पालो थियो । हर्षलाल श्रेष्ठले त्यतिबेलाको अवस्था औँल्याउँदै भन्नुुभएको छ, ‘‘दुई पटक हामीलाई फाँसीमा झुन्ड्याउने उद्देश्यले लगे । दुई पटक नै ठूलो पानी परेकाले के सोचेर हो, हामीलाई फाँसी दिएनन् । तेस्रो पटक फाँसीमा झुन्ड्याउन लाँदा राजा त्रिभुवनले हस्ताक्षर गर्न मान्नुभएन, बेलुकाको समय थियो, युवराजाधिराज महेन्द्रले राति हस्ताक्षर नगर्ने, भोलि बिहान गर्दा पनि हुन्छ भनेपछि त्यस दिन फाँसी टर्यो ।’’ श्री ५ त्रिभुवन त्यहीँबाट सोझै भारतीय राजदूतावासमा शरण लिन पुगेकाले गणेशमान लगायतलाई दिने भनिएको फाँसी रोकिएको भनाइ हर्षको छ ।, यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।