२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुल खोल्न सुरु, खोप कहिले  ?



अ+ अ-

काठमाडौं । आइतबार देशभरि ७ सय ३४ जना संक्रमित हुँदा २० वर्षमुनिका ७९ जना छन् । तीमध्ये १० वर्षमुनिका १४ जना छन् । आइतबार कुल संक्रमितमा १०।७६ प्रतिशत बालबालिका छन् । यो संख्या शनिबार ९।६६ प्रतिशत थियो ।

‘देशभरिमा देखिएका संक्रमितमध्ये सरदर ९ प्रतिशत बालबालिका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं बालरोग विशेषज्ञ डा। कृष्ण पौडेलले भने, ‘यो तथ्यांकले जोखिममा बालबालिका नै रहेको देखिन्छ ।’ बालबालिकाको परीक्षण न्यून हुने भएकाले संक्रमितको संख्या यकिन नआउने उनले बताए । केही समयअघि भएको अध्ययनमा ५ वर्षसम्मका ५५ प्रतिशत र ५ देखि १४ वर्षसम्मका ५९ प्रतिशत बालबालिकालाई संक्रमण भएको पाइएको थियो ।

मुलुकमा कोरोना संक्रमितको संख्या उच्च देखिएको २०७८ वैशाख २८ मा २० वर्षमुनिका संक्रमित ९।८२ प्रतिशत मात्रै थिए । त्यस दिन ९ हजार ४ सय ८३ जनालाई कोरोना देखिँदा ९ सय ३२ जना बालबालिका थिए ।

आइतबार देखिएको संख्या वैशाख २८ को भन्दा बढी हो । ‘अरू समूहले खोप लगाए पनि बालबालिकाले लगाउन नपाएकाले उनीहरू जोखिममा रहेको विज्ञहरूले बताएका छन्,’ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने, ‘बालबालिकालाई खोप लगाउन सरकारले उच्च प्राथमिकतामा राखेको छ । पुस, माघसम्म खोप आउन सक्छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।