७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

हिमपातले बेँसी फर्किए यार्सागुम्बा सङ्कलक

हिमपातले बेँसी फर्किए यार्सागुम्बा सङ्कलक
अ+ अ-

– नवीन लामिछाने
मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनकार्य रोकिएको छ । हिमपात भएपछि खर्क पुगेका सङ्कलक हाल बेंसी फर्किएका छन् ।

हिमपातका कारण यार्सागुम्बा सङ्कलन गर्न नसक्ने अवस्था भएपछि बेँसी फर्किएको धादिङ रिहीका ४६ बर्षिय मिलन तामाङले बताउनुभयो । “यार्सागुम्बा क्षेत्र भ्राताङ लेकमा हिउँ परेपछि सङ्कलन गर्न नसकेर बेँसी झरेका हौँ”, तामाङले भन्नुभयो ।

तामाङले नार्फूको हुलाबाट लेकमा यार्सागुम्बा सङ्कलन गर्दै आउनुभएको थियो । उहाँका अनुसार दैनिक नौरदश वटामात्रै यार्सागुम्बा सङ्कलन गर्न सकिन्थ्यो । चैतदेखि यार्सागुम्बा सङ्कलन गर्न मनाङ आउनुभएका तामाङ लेकमा करिव डेढ महिना बसेको बताउनुभयो । उहाँका अनुसार सङ्कलन गर्ने स्थानमै ठेकेदारले एक यार्साको रु ४०० मा खरीद गर्ने गर्छन् ।

डेढ महिनामा २०० यार्सागुम्बा सङ्कलन गरेको उहाँ बताउनुहुन्छ । ठेकेदारले राम्रो प्रकारको यार्सागुम्बा मात्रै खरिद गर्ने उहाँले बताउनुभयो । तामाङ यार्सागुम्बा टिप्ने समयमा मात्रै मनाङ आउने गर्नुहुन्छ ।

खर्कमा हिउँ परेपछि यार्सागुम्बा सङ्कलन गर्न सकस भएकाले बेँसी फर्र्किएको सङ्कलक बताउँछन् । उनीहरुले आफैँले खाना बनाएर खाने र ओडारमा बसेर यार्सागुम्बा सङ्कलन गर्ने गरेको सुनाए । ताञ्जो खर्कमा हिउँ पर्नुका साथै लगेको खाद्यान्न पनि सकिएपछि सामग्री लिन र हिउँ पर्न छाड्ने समयसम्म चामे झरेको सोही सङ्कलक रोहित तामाङले बताउनुभयो ।

धादिङका १९ जनाले यार्सागुम्बा सङ्कलन गर्नका लागि ठेकेदारले रु ४२ लाख पुर्जी काटेको सोही ठाउँका ३० वर्षीय एसु तामाङले बताउनुभयो । हालसम्म ५२० यार्सागुम्बा सङ्कलन गरेको उहाँले बताउनुभयो । “ठेकेदारले राम्रो खालको यार्सागुम्बालाई मात्रै प्रतिवटा रु ४०० दिन्छन्”, तामाङले भन्नुभयो ।

केही खर्कमा चैत पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय हो भने केही स्थानमा असारको पहिलो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्न सकिन्छ । यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात र खाद्यान्न लिएर पुनःखर्कतर्फ जाने उनीहरुले बताए ।

विशेषगरी यस मौसममा यार्सागुम्बा सङ्कलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयका रुपमा लिइन्छ । औषधिजन्य जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो ।

बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा सङ्कलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो परेको थियो । उक्त जडीबुटी सङ्कलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । यार्सा सङ्कलन गर्न जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन् ।

यार्सा सङ्कलनकार्य नाम्केखर्कबाट सुरु हुन्छ भने नार्फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार असारको पहिलो हप्तासम्म यार्सा सङ्कलन गर्न सकिने समय हो । वैशाख १५ देखि असारको पहिलो सातासम्म यार्सा सङ्कलन गरी बेँसीतर्फ फर्किने समय हुन्थ्यो ।

मनाङवासीलाई यहाँको नागरिकता वा बसाइँसराइ भएमा बसाइँसराइको प्रमाणपत्रका आधारमा यार्सागुम्बा सङ्कलन पूर्जी दिने गरिन्छ । संस्थामार्फत यार्सागुम्बा सङ्कलन गरिँदैछ भने आर्थिक वर्ष २०७७/७८ मा दिइएको सङ्कलन पूर्जी उपलब्ध गराइने गौतमले बताउनुभयो । उहाँका अनुसार यार्सागुम्बा सङ्कलकले १० वटा यार्सागुम्बामध्ये एक छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।

यार्सागुम्बा सङ्कलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकतानुसार नार, फुलगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने र अन्य सुरक्षा निकायले सहयोग गर्ने गर्दछन् । सङ्कलन गरेको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र तथा व्यवस्थापन समितिको सिफारिस, दस्तुरको रसिद र सम्बन्धित गाउँपालिकाको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिन अनुरोध गरिएको गौतमले बताउनुभयो ।

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्यरुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउनसमेत अनुरोध गरिएको छ ।

गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व घटेको बताइएको छ । यसवर्ष यार्सागुम्बा सङ्कलन भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । विगतमा जेठ अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय तोकिएको भए पनि यस वर्ष निर्वाचनका लागि केही समय रोक लगाइएकाले असारको पहिलो हप्तासम्म सङ्कलनको समयसीमा तोकिएको छ ।