७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

बलात्कार, घरेलु हिंसाजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी कानुनको तर्जुमा गर्ने: गृहमन्त्री खाँण (भिडियोसहित)

बलात्कार, घरेलु हिंसाजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी कानुनको तर्जुमा गर्ने: गृहमन्त्री खाँण (भिडियोसहित)
file
अ+ अ-

गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

बलात्कारलगायतका जघन्य अपराधका घटना एकपछि अर्को गरी सार्वजनिक भईरहेको बेला गृहमन्त्री खाँणको यस्तो भनाई बाहिर आएको हो । राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गरिरहेको पनि बताउनु भयो । त्यस अवसरमा गृहमन्त्री खाँणले राष्ट्रिय मानव अधिकार आयोगका सबै सिफारिसहरु कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

मानव अधिकारको पूर्ण प्रत्याभूतिका लागि कानुनी शासन र लोकतन्त्रको सुदृढीकरणमा जोड दिन पनि सरकारवाला सबैलाई प्रतिवद्ध हुन पनि उहाँले आह्वान गर्नु भयो । उहाँले भन्नु भयो, ‘आयोगले गरेको सिफारिसहरुको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ । यस कार्यका लागि नेपाल सरकारले कार्यदल समेत बनाएको छ । बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रलाई चुस्तदूरुस्त बनाइएको छ । त्यस्तो घटना हुनै नदिन आवश्यक कानुनको तर्जुमा गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी गराउन चाहन्छु । महिला तथा बालबालिकालाई हिंसा तथा अपराधिक घटनाबाट संरक्षण गर्न सरकारका निकायहरु सक्रियका साथ काम गर्ने विश्वास व्यक्त गर्न चाहन्ख्छु । अपराधमुक्त समाज निर्माण गर्न नागरिक समाज, सामाजिक संघसंस्था, राजनीतिक दल, मानव अधिकारकर्मीहरुको सहयोगको अपेक्षा सरकारले गरेको छ । लोकतन्त्र, मानव अधिकार, कानुनी शासन एक अर्काका परिपुरक हुन । कानुनी शासनको अवलम्बन र लोकतन्त्रको सुदृढीकरणले मात्रै मानव अधिकारको प्रत्याभूति हुने भएकाले सोको अवलम्बनमा सरकार र सरकारवाला सबैको प्रतिवद्धता आवश्यक रहेको छ ।’

गृहमन्त्री खाँणले राष्ट्रिय मानव अधिकार आयोगको स्वयत्तता र स्वतन्त्रलाई आँच नआउन नदिन सरकार प्रतिवद्ध रहेको बताउनु भयो । त्यसका लागि सरकारले आवश्यक कानुन परिमार्जन गर्न संसदमा विधेयक पेश गरेको उहाँले बताउनु भयो । गृहमन्त्री खाँणले भूकम्पबाट क्षेतिग्रस्त आयोगको केन्द्रिय कार्यालय भवन पुनर्निर्माणको कामलाई सरकारले छिट्टै अघि बढाउने आश्वासन समेत दिनु भयो । उहाँले भन्नु भयो, ‘आयोगको स्वायत्तता र स्वतन्त्रतालाई कतैबाट पनि आँच आउन नदिन नेपाल सरकार प्रतिवद्ध छ । नेपाल सरकारले आयोगलाई आवश्यक सहयोग तथा स्रोत उपलब्ध गराउँदै आईरहेको छ । २०७२ सालको भूकम्पबाट क्षेतिग्रस्त आयोगको भवनलाई पुनर्निर्माण गर्ने कार्यमा सरकारले शिघ्र ध्यान दिनेछ । आयोगको स्वायत्तता र स्वतन्त्रतालाई समेत केन्द्रित गरेर आयोगको ऐन संशोधनलाई सरकारले सरकारले प्राथमिकतामा राखेर संसदमा पेश गरेको छ । त्यसलाई छिट्टै पारित गरिनेछ । द्वन्द्वकालीन घटनाका पीडितको न्याय प्राप्तीमा नेपाल सरकार प्रतिवद्ध रहेकाले संक्रमणकालीन न्यायमार्फत् छिट्टै पीडित परिवारलाई समेत न्यायको अनुभूति हुने गरी यो कार्यलाई निष्कर्षमा पुर्याईनेछ । मानव बेचबिखनको सम्बोधन गर्न आयोग र नागरिक समाजले चालेका कदमको म खुलेर प्रशंशा गर्न चाहन्छु ।’

गृहमन्त्री खाँणले नेपालमा मानव बेचविखन हुन नदिन राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजले खेलेको भूमिकाको पनि प्रशंशा गर्नु भयो ।