७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

तीसवर्ष सडकको बासपछि यसरी तुलसालय पुगे ‘बंगाली’

तीसवर्ष सडकको बासपछि यसरी तुलसालय पुगे ‘बंगाली’
अ+ अ-

काठमाडौं । तीस वर्षभन्दा बढी बिताए उनले यही गाउँटोलमा । चापागाउँ दोबाटोमै पोखियो उनको पसिना र जीवन पत्तै पाएनन् । उनी घरको अर्थात् सानोतिनो कामका सारथि नै थिए । कसको घरमा के काम पथ्र्याे उनी उनी हाजिर हुन्थे । त्यसैले सबैको मुखैमा झुण्डिएको थियो ‘बंगाली’ । घर भारतको बंगाल बताउने उनी त्यस्तै अठार बीस बर्षजतिमा यहाँ आएका हुन् । त्यसपछि यतै भुले ।

गाउँटोलबासी भन्थे– सारै इमान्दार छ । रातिको समयमा कोही केटी मान्छे या महिला त्यही बाटो भएर हिँड्दा पनि उनी छन् भनेपछि ढुक्क हुने । कोही त्यस्तै मानिसले रातिको समयमा हिँड्ने महिला या बालिकालाई त्यस्तै नजरले हेर्यो भने पनि उनले प्रतिवाद गर्थे । यसो घरको काम गरिदिन्थे बास भने सडकमै थियो । कसैको घरमा काम गर्यो, एक दुई सय पायो,यसो केही खायो बास सडकमै । डेरा या कुनै बस थिएन । सडकमै बिताए कम्तीमा तीन दशक । चापागाउँ दोबाटो छिर्ने गल्ली तिरै हुन्थ्यो उनको बास । त्यतै कसैकामा यसो भोज या पाटी पर्यो भने राति त्यतै सुतिदिन्थे नत्र बास सडकमै हो ।

यतिखेर भने उनी सडकको आफ्नो ‘ओछ्यान’बाट नउठेको करिब २० दिन भएछ । शरीर चल्न नसक्ने भयो, कमजोर भए, सुतेको सुत्यै । सुतेको ठाउँमै किरा भन्किन थाले । त्यसपछि एकजना आनी कुँवर बालाले देखेर फेसबुकमा स्टाटस लेखिन्– मानिस मरेपछि मात्र उपचार खोज्ने यो समाज कहिल्यै सुध्रिएन । यस्ता बेसहाराको लागि सरकार त हुनुपर्ने खोइ कसले हेर्ने हो ? त्यस लगत्तै नेवि संघका नेता तथा समाजसेवी दिनेशविक्रम शाहले खबर गरे तुलसालय हरिहर प्रतिष्ठानकी अध्यक्ष सरु सुवेदीलाई ।

बुधबार सरु झापा थिइन् । त्यस लगत्तै उनी आइन् र उनी रहेको स्थानमा दिनेश र सरु पुगे । त्यस लगत्तै सुरु भयो बंगालीको उद्धारको काम ।
सात दोबाटो प्रहरीले पनि ती व्यक्तिलाई चिनेको बताउँछ । उनको नाम कसैलाई थाहा छैन तर आफू बंगाली भएको उनले बताएपछि लामो समयदेखि सबैले उनलाई बंगाली भन्दै आए । बुधबार भैंसेपाटी प्रहरीको समन्वयमा सातदोबाटो प्रहरीको सहयोगमा उनलाई उद्धार गरी चाँगुनारायणमा रहेको तुलसालय आश्रममा पुर्याइयो ।

आश्रममा लगेपछि सरुले उनलाई नुहाइ धुवाई गरी नयाँ कपडा लगाइदिइन् । अनि खिसिक्क हाँसे बंगाली । अहिले उनको शरीर हाडछाला मात्रको छ । हुनत उनको बास सडककै हो तर यसपालि सडकमा थला परेपछि भने कसैले हेरेनन् उनलाई । आश्रममा पुगेपछि आफूले जीवन पाएको महसुस गरेर हास्न थालेको सरु बताउँछिन् ।

अहिले यस तुलसालय आश्रममा बालबालिका र बृद्धबृद्धा गरेर ३० जना भन्दा बढी असहायहरु छन् । हुम्लामा आफूलाई जन्म दिएको केही मिनेटमै आमा गुमाएकी स्तुती पनि यहीँ छन् । सरुले नै २० दिनको बच्चा हुम्ला पुगेरै उद्धार गरेर ल्याएकी हुन्, अहिले स्तुती ४ महिनाकी भइन् । उनी र उनका दुई दिदीलाई सरुले उद्धार गरेर ल्याएकी थिइन् । आफैँसँग राखि, आफ्नै छोरी बनाएर सरुले स्तुतीलाई हुर्काएकी छिन् ।

सरु भन्छिन्– कुनै स्थानमा यसरी मानिस असहाय भएको भन्ने सुनेँभने म सहनै सक्दिन । घरायसी कामले झापा पुगेकी थिएँ । दिनेश भाइले फेसबुक स्टाटस सेयर गरेपछि म झापाबाट बुधबारै आएँ र हामी सातदोबाटो पुगेर बंगालीको उद्धार गर्यौँ । अब उनी आश्रममै सुरक्षित छन् । यस्तै अरु कैयौँ बेसहारा छन् हामीसँग । साना नानीबाबुहरु छन् । मैले नै खुवाउने, पालनतालन गर्ने भएकाले मलाई त मेरै सन्तान जस्तो लाग्छ तर ती हामी सबैका सन्तान हुन् । हामी सबैले आआफ्नो स्थानबाट उनीहरुको जीवनका लागि सहयोग गर्न सक्छौँ । शिक्षादिक्षा सहित उनीहरुको भविष्य निर्माण गरिदिन हामी सबैले सहयोग गर्न सक्छौँ ।

आफ्नी आमा तुलसादेवी सुवेदीको स्मृतिमा सरुले सो आश्रम स्थापना गरेकी हुन् । आज यस आश्रम दर्जनौँ लालाबाला र असहायहरुको आफ्नो घर बनेको छ । यहाँ स्तुतिजस्ता अरु पनि कैयौँ लालाबालाले माया र जीवन पाइरहेका छन् । आश्रममा रहेका १८ जना बालबालिकालाई हालै एकैदिन विद्यालय पठाएको बडो भावुक दृश्य सरुले आश्रमको फेसबुक पेजमा राख्दा धेरैले निकै भावुक भएर कमेन्ट गरेका थिए । उनीहरुलाई भक्तपुर सूर्यविनायकको आशा शिक्षा सदनले लगभग निशुल्क पठनपाठनमा सहयोग गरेको छ । आश्रममा पुग्ने जोकोही पनि सरुको समाजसेवा देखेर भावकु भएर फर्किने गर्दछ ।