• /
    बिहिबार, कार्तिक ७, २०७६

चितुवाको आक्रमणबाट पिङ खेलिरहेका बालकको ज्यान गयो

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा मंगलबार एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा भानु नगरपालिका–१, जामुनेगैह्रा बस्ने विष्णु बानियाँका चार वर्षीय छोरा आशिष बानियाँ रहेका छन् ।

घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

‘दशैँको दिन टीका लगाएर घर नजिकै पिङ खेल्ने क्रममा चितुवाले आक्रमण गरेको रहेछ’, प्रहरी नायब उपरीक्षक लामिछानेले भन्नुभयो, ‘भानु नगरपालिकामा चितुवाको त्रास रहेकाले बालबालिकालाई एक्लै नछाड्न आग्रह गर्दछु ।’ भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान गइसकेको छ । चितुवाले आक्रमण गरी यसअघि दुई बालक र दुई बालिकाको ज्यान लिएको थियो ।

२०७४ फागुन १ गते भानु नगरपालिका–३, दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४, जोखानेकी चार वर्षीया रञ्जिता लम्साल, मंसिर १५ गते भानु नगरपालिका–२, ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२, भकुण्डथोककी नौ वर्षीया पुष्पा अधिकारीको ज्यान गएको थियो ।

यसअघि असोज १५ गते भानु नगरपालिका–२ मा रहेको सामुदायिक वनमा निर्माण गरिएको खोरमा एउटा चितुवा नियन्त्रणमा लिइएको थियो । चितुवाले फेरि आक्रमण गरेपछि भानु नगरपालिकामा अरु चितुवा पनि रहेको अनुमान गरिएको छ । चितुवाले फेरि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

सम्बन्धित समाचार

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न काङ्ग्रेसद्दारा प्रशासनको ध्यानाकर्षण

दमौली । तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका निर्वाचित जनप्रतिनिधिले यसको नियन्त्रणमा गम्भीर बन्न…

बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण

दमौली । जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आजको राशिफल: कात्तिक ७ गत्ते कस्तो रहेको छ तपाईको दिन जान्नुहोस् !

मिलाइदिन्छु भन्दै पैसा लिने प्रहरी परे फन्दामा

श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव राख्दा लि’ङ्ग चट्




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394