• /
    बिहिबार, फाल्गुन ८, २०७६

सामूहिक बलात्कार आरोपमा तीन पक्राउ, दुई फरार

इनरुवा । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई मङ्गलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न भएका दुई फरार छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

सोही घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इटहरीमा सोमबार मध्यरातमा पाँच युवाको समूहले युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । इटहरीको धरान–विराटनगर सडकखण्डको साथी पेट्रोलपम्प नजिक युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

धरानबाट को१ख ४६२६ नंको बसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । युवाहरुको समूहले सडक छेउमै एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि उनीहरु पक्राउ पर्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित समाचार

१३ वर्षीया बालिका बलात्कारको आरोपमा नेकपाका नेता पक्राउ

रामेछाप । १३ वर्षीया बालिका बलात्कारको आरोपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थानीय नेता पक्राउ परेका छन् । रामेछाप उमाकुण्ड गाउँपालिका…

किशोरीमाथि सामूहिक बलात्कार, अपराधी फरार

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी…

बलात्कार प्रयास गर्ने दुई पक्राउ

मोरङ । बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बसमा…

हत्या, हिंसा र बलात्कार बढ्दै गयो, कडा कानुन निर्माण हुनुपर्छः सांसद खतिवडा

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले महिला हिंसा अन्त्यका लागि सरकारद्वारा कडा कानुनको निर्माण होस भन्ने जोड दिईएको छ । राष्ट्रियसभाको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

७० करोड लेनदेनबारे जानकारी र संलग्नता छैन : स्वीस दूतावास

धर्म-सन्तानका नाममा अमेरिका र युरोपमा नेपाली बालबालिका तस्करी

कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पयर्टक ८० प्रतिशतले घटे

कोटेश्वर प्रहरीको पहलमा मनोहरा तरकारी बजारमा प्रहरी बीट स्थापना

सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव हुन्छ : रक्षामन्त्री पोखरेल




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394