१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का

काठमाडौं । हिमनदी विज्ञ नितेश खड्काले हिन्दुकुश–हिमालय तथा तिब्बती पठार क्षेत्रमा विश्वव्यापी औसतको तुलनामा करिब दोब्बर दरले तापक्रम वृद्धि भइरहेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै खड्काले हिमाली क्षेत्रमा प्रतिवर्ष करिब ०.४२ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको बताउनुभयो ।