६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पहिरोले गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

अर्घाखाँची। लगातारको झरीले रिब्दीमा पहिरो जाँदा गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ । गोरूसिङ्गे सन्धिखर्क खण्डअन्तर्गत सन्धिखर्क नगरपालिका–६ नरपानीदेखि घुम्टी नजिक रिब्दी भन्ने स्थानमा पहिरो खसेको कारण सडक अवरूद्ध भएको हो । अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो ।