६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिम्सिनाको ‘नेपालको बैङ्किङ इतिहास’ सार्वजनिक

झापा।  मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का दीपेन्द्रराज तिम्सिनाले लेख्नुभएको ‘नेपालको बैङ्किङ इतिहास’ पुस्तक सार्वजनिक गरिएको छ। पुस्तकमा नेपालको ८८ वर्ष लामो बैङ्किङ अवस्थालाई समेटिएको हो । लेखक तिम्सिनाको यो १४औँ कृति हो । लेखक तिम्सिनाका अनुसार पुस्तकमा नेपालका (क) र (ख) श्रेणीका बैङ्कहरुको चिनारीलाई उजागर गर्ने प्रयास गरिएको छ ।