६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मल अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद गोपिबहादुर अछामीले मल अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले किसानहरू अहिले धान रोपाइँमा व्यस्त रहे पनि मल नपाएको गुनासो देशभरबाट आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।