१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

प्रतिनिधिसभालाई सभामुखले बिरामी बनाउनुभएको छ : कोमल वली (भिडियो सहित)

प्रतिनिधिसभालाई सभामुखले बिरामी बनाउनुभएको छ : कोमल वली (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधि सभाको कमजोरीका कारण धेरै नकारात्मक प्रतिक्रिया उत्पन्न हुने बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले त्यो परिणामलाई रोक्नको लागि सभामुख इमान्दार हुनुपर्ने बताउनुभयो । 

उहाँले सभामुखले सभामुखको कुर्सीको महत्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको बताउनुभयो । उहाँले सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाउनुभएको आरोप समेत लगाउनुभयो । उहाँले प्रतिनिधिसभाबाट सभामुखले राजीनामा दिनुपर्ने बताउनुभयो ।

सांसद वलीले भन्नुभयो, ‘कुनैपनि व्यक्तिलाई चिनी रोग भयो भने, र त्यसलाई समयमै नियन्त्रण गरिएन भने त्यसका कारण धेरै रोगहरु उत्पन्न हुन्छन्, धेरै रोगहरु जन्मन्छन्, जसरी एउटा छालाबाट ज्याकेट बन्छ,ब्याय, बेल्ट, जुत्ता बन्छ, त्यसरी नै प्रतिनिधिसभाको कमजोरीका कारणले अन्य धेरै रियाक्शनहरु उत्पन्न हुनसक्छन्,त्यो रियाक्शन रौक्न र त्योबाट उत्पन्न हुने खतरा रोक्नको लागि सभामुख इमान्दार हुनुपर्छ,सभामुख ज्यूले त्यो कुर्सीको महत्व राख्नसक्नुपर्छ,महत्व राख्न नसक्नुका कारण, नियम पालना नगर्नुका कारणले गर्दा राष्ट्रियसभामा त्यसको असर पर्यो र विभाजन हुनपुग्यो, अहिले प्रतिनिधिसभालाई सभामुख ज्यूले बिरामी बनाउनुभएको छ,सभामुख ज्यूकै कारणले यो रोग बढ्दै गयो भने सिटामोल, इन्जेक्शन, एन्टीबायोटिकले पनि भ्याउँदैन र अप्रेशन नै गर्नुपर्छ ।’

सांसद वलीले राष्ट्रियसभा र प्रतिनिधिसभा एकअर्काका परिपूरक भएको भन्दै राष्ट्रियसभाको कारबाही अघि बढ्न नसक्ने बताउनुभयो ।