काठमाडौं । नेपालभर पछिल्लो २४ घन्टामा १२३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
१५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन्।
त्यस्तै पछिल्लो २४ घन्टामा १३२४ जना संक्रमणमुक्त भएका छन् । यता ज्यान गुमाउनेको आजको संख्या भने १३ जना रहेको छ ।











