१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

बाटो नरोक्न डिल्लीरमण रेग्मी ट्रष्टलाई सर्वोच्चको आदेश

बाटो नरोक्न डिल्लीरमण रेग्मी ट्रष्टलाई सर्वोच्चको आदेश
अ अ+ अ-

काठमाडौ  । सर्वोच्च अदालतले डिल्लीरमण रेग्मीले शिक्षा मन्त्रालयको मातहत रहनेगरी आफ्नो नामबाट स्थापना गर्नुभएको डिल्लीरमण रेग्मी कल्याणी रेग्मी ट्रष्टले स्वर्गीय रेग्मीकी छोरी अवन्तिका रेग्मीलाई आवाशबाट नहटाउन र आवागमनमा अवरोध नगर्न अन्तरिम आदेश दिएको छ । 

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासबाट २०७८ भदौ ३१ मा सो अन्तरिम आदेश जारी भएको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र अधिवक्ता अनन्तराज लुईंटेलले सो मुद्दामा निवेदकको तर्फबाट बहस गर्नुभएको थियो । 

छोरी (नातिनीलाई छोरीको रुपमा ग्रहण गरेको)  रेग्मीको जीवनकाल रहेसम्म भोगाधिकार प्राप्त गर्ने गरी र.नं. ४३२७ मिति २०५४ माघ १७ मा शेषपछिको बकसपत्र समेत प्राप्त गरेको देखिएको उल्लेख गर्दै सर्वोच्च अदालतले सो जग्गामा बसोबास गर्न र वासस्थानसम्म आवतजावतको अधिकारमा अवरोध नगर्न पुस्तकालय, शिक्षा मन्त्रालय र नेपाल सरकारको नाममा सर्वोच्च अदालतले आदेश दिएको अधिवक्ता लुईटेलले जानकारी दिनुभयो ।

छोरी रेग्मीले आफूलाई पुस्तकालयले दुःख दिएको, घरभित्र आवतजावतमा समस्या सिर्जना गरेकोे, एकमात्र हकदार रहेकी आफूले समेत भोगाधिकार पाएको जग्गा कित्ताकाट गरी आफूलाई समेत थाहा जानकारी नै नदिई ट्रष्टका नाममा जग्गा नामसारी गरेको, पुस्तकालय संचालन र शेषपछिको बकसपत्र मार्फत पुस्तकालय रेखदेखको जिम्मा आफूले पाएकोमा सो अधिकार ट्रष्टले हटक गरेको समेतको दावी गरी रेग्मीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन । 

निवेदिका रेग्मीलाई स्वर्गीय रेग्मी दम्पत्तिले छोरीको रुपमा ग्रहण गरी आफ्नो नाममा दर्ता कायम रहको का।जि।का।म।न।पा।वडा नंं। २४ (ख) कि.नं १३६ को ३ रोपनी चार आना शेषपछिको बकसपत्र तीन दशक अघि नै दिनुभएकोमा सोही जग्गा शेषपछिको बकसपत्र पाउने व्यक्तिको शेषपछि पुस्तकालयको नाममा नामसारी हुने गरी ट्रष्ट स्थापना भएको थियो । यद्यपी ट्रष्टले पहिल्यै आफूलाई समेत जानकारी नै नदिई जग्गा कित्ताकाट समेत गरी लगेको, स्वर्गीय रेग्मीको व्यक्तित्व गिराउने काममा ट्रष्ट तल्लिन रहेको पनि रिट निवेदनमा उल्लेख छ । 

निवेदिका रेग्मीले पुस्तकालय समेत आफैंले संचालन गर्न पाउनुपर्नेमा आफूलाई थाहा जानकारी नदिई ट्रष्टका कर्मचारीले आफ्नो अस्तित्वलाई समेत अस्वीकार गर्ने, स्वर्गीय रेग्मीको इतिहास धारासायि बनाउने काम गरेको, स्वर्गीय रेग्मीले संरक्षण गरेका पुरातात्विक वस्तुको अवमुल्यन गरेको, गैर कानुनी रुपमा संरचना भत्काउन खोजी स्वर्गीय रेग्मीको अवमुल्यन गरेको पनि रिटमा उल्लेख छ ।

स्वर्गीय रेग्मीले स्थापना गरेको पुस्तकालयको इतिहास समेत नामेट गराउन विपक्षीहरु लालयित भएको र आफ्नो स्वीकृति र सहमहित नलिई गरिएका पुस्तकालयका कार्यले पुस्तकालय नै धारासायी हुने भएकोले पुस्तकालय आफैंले संरक्षण गर्न पाउनुपर्ने समेतको माग रिटमा गरिएको छ ।