५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएका छन् : प्रवक्ता महत



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सत्तागठबन्धनमा रहेका दलहरुको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले एमसिसी सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र सन्देहलाई चिर्न ठूलो मद्दत पुगेको बताउनुभयो । प्रतिनिधिसभाको आइतबारको बैठकले एमसिसीसम्बन्धी प्रस्ताव व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन गरेको हो ।

भ्रम र अफवाहलाई चिर्दै नेपाली जनतालाई यथार्थ बुझाउने काममा कांग्रेस निरन्तर लागिरहने उल्लेख गर्दै प्रवक्ता डा महतले भन्नुभयो, “अब एमसिसी अनुदान सहयोग अन्तर्गतका परियोजना कार्यान्वयनमा जाने सुनिश्चित भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निरन्तरको प्रयास, धैर्यता, लचकता, सुझबुझ पूर्ण सोच र निर्णयका कारण एमसिसी अनुमोदनमा सबैको सहयोग जुटाउन सहज भएको हो ।” प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) प्राविधिक कारणले अनुमोदनको प्रक्रियामा संलग्न नभए पनि एमसिसीका पक्षमा नै रहेको नेता महतको भनाइ थियो ।

नेपालको विद्युत् प्रसारणलाइन र सडक स्तरोन्नतिका लागि एमसिसीमार्फत करिब रु ६० अर्ब अनुदान सहयोग प्राप्त हुनेछ । एमसिसीसम्बन्धी प्रस्तावका पक्षमा सरकारमा सम्मिलित दलहरु एक ठाउँमा उभिएपछि आइतबारको संसद्बाट सो सम्झौता अनुमोदन गर्न सहज भएको भन्दै प्रवक्ता डा महतले सबै दलका नेतृत्वको सराहना गर्नुभयो ।