१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

गण्डकीका मुख्यमन्त्री पोखरेल र इयु राजदूत नोनाबीच औपचारिक भेटवार्ता

गण्डकीका मुख्यमन्त्री पोखरेल र इयु राजदूत नोनाबीच औपचारिक भेटवार्ता
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच आइतबार मुख्यमन्त्री कार्यालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आवद्ध मुलुकहरुसँगको नेपालको मित्रता र नेपालको विकासमा ती मुलुकहरुको पुर्‍याएको योगदानको स्मरण गर्दै आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । 

२०७२ मा गोरखालाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्प पश्चात्को पुनर्निमाणमा युरोपियन युनियनको सहयोग अतुलनीय रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । उहाँले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन र प्रतिस्पर्धात्मक क्षमता बृद्धि, विद्यालय क्षेत्र विकास योजना अन्तर्गत शिक्षा क्षेत्रको सुधार, बहुक्षेत्रीय पोषणमा रहेको सहयोगले नेपालको विकासमा धेरै फड्को मारेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि उपलब्ध गराएको सहयोग हाम्रा लागि अत्यन्त महत्वपूर्ण छन् ।’  

अहिलेको महामारिको बिरुद्ध विश्वलाई एकजुट बनाउन र स्वास्थ्य उपचार तथा भ्याक्सिनमा सबैको पहुँच पु¥याउन इयुको योगदान ठूलो रहेको भन्दै मुख्यमन्त्री नेपालीले यी सहयोगका लागि युरोपियन युनियन र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभयो । 

प्रदेश सरकार कोभिड महामारिले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र शिक्षा, स्वास्थ्य र पोषणजस्ता सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी उहाँले गराउँनुभयो । मुख्यमन्त्री पोखरेलले यसको क्षति आँकलन र समस्यामा परेका क्षेत्रको पुनरुत्थानका लागि योजनाबद्ध रुपमा अघि बढने प्रयत्न भइरहेको बताउनुभयो । 

गण्डकी प्रदेशको तीनवटा अन्तर्राष्ट्रिय नाका भएता पनि अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्न नसकिएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । ‘एकातिर व्यापार विस्तारका लागि उपयुक्त पूर्वाधार विकास गर्न बाँकी छ भने अर्कोतर्फ निर्यात योग्य वस्तुको उत्पानदमा ध्यान दिनु आवश्यक छ,’ उहाँले भन्नुभयो । 

गण्डकी प्रदेशमा उच्च प्रतिफल दिने, प्रतिस्पर्धात्मक क्षमता भएका उच्च मूल्यका कृषि, जडिवुटी आदिको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी विश्व बजारमा पुग्न सक्ने बनाउनु थप काम गर्नु पर्ने देखिएको उहाँको भनाइ थियो । मुख्यमन्त्री पोखरेलले सबै विद्यालयलाई डिजिटाइज गर्ने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्ने, व्यावसायिक शिक्षा तथा तालिमका कार्यक्रहरुलाई प्रत्येक स्थानीय तहमा विस्तार गर्ने सम्बन्धमा धेरै काम गर्न बाँकी नै रहेको भनाइ राख्नुभयो । 

दिगो विकास लक्ष्य हासिल गर्नका लागि एकीकृत प्रादेशिक तथ्यांक तयार पार्ने, स्थानीय तहलाई सूचक तथा प्राथमिकता तय गर्न सघाउने, अनुगमनले कमजोर देखिएका क्षेत्रमा सुधारका लागि लगानी गर्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वातावरणीय सन्तुलन र गरिबी निवारणको साझा मुद्दा पेचिलो बन्दै गएको छ ।’ 

भेटवार्तामा रानदूत नोना डेप्रेले नेपालको संघयिता सुदृढीकरण लगायतका क्षेत्रमा इयुले सहयोग गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । शासकीय सुधार, न्यायमा पहुँच, कानुनी शासन, मानव अधिकारका क्षेत्रमा समेत आफूहरुले काम गर्दै आएको स्मरण पनि गराउनुभयो । उहाँले भन्नुभयो, ‘गरिबी निवारण, वहुक्षेत्रीय पोषण कार्यक्रम हाम्रो प्राथमिकतामा छ ।’ अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सघाउन इयु तयार रहेको भन्दै राजदूत नोनाले हातहतियारवाहेकका सामग्रीको व्यापार बढाउन सकिने भनाइ राख्नुभयो । 

कोभिड १९ विरुद्धको अभियानमा औषधि, उपकरण सहयोग गरेको भन्दै उहाँले ती सहयोगको प्रभावकारिताका बारेमा इयुले अनुगमन पनि गरिरहेको बताउनुभयो । यसका साथै शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि पनि इयुले लगानी गरेको भन्दै प्रदेशमा के गर्न सकिन्छ भन्ने बारेमा काठमाडौं फर्केपछि छलफल गर्ने भनाइ राख्नुभयो । भेटवार्तामा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी हुनुहुन्थ्यो । राजदूत नोनाले आइतबार नै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष डा. काफ्लेसँग अलगअलग भेट गर्नुभएको छ ।