१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

काठमाडौं महानगरमा आजबाट १८ वर्ष माथिकालाई एस्ट्राजेनेका खोप लगाइँदै

काठमाडौं महानगरमा आजबाट १८ वर्ष माथिकालाई एस्ट्राजेनेका खोप लगाइँदै
अ अ+ अ-

काठमाडौं । आजबाट काठमाडौं महानगरपालिकामा कोभिडविरुद्धको एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइँदैछ । 

महानगरका अनुसार ३२ वटै वडाका खोप केन्द्र तथा सातवटा अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

१८ वर्ष माथिका सबै नागरिकले केन्द्रमा गएर खोप लगाउन सक्ने महानगरले जनाएको छ । 

नेपाल प्रहरी अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र अस्पताल छाउनीमा खोप लगाउन सकिनेछ भने बिहान १० बजेबाट सुरु भएको खोप कार्यक्रम अपराह्न ४ बजेसम्म चल्नेछ ।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले सूचना जाराी गर्दै भनेको छ, ‘खोप लगाउन जाँदा परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नं.सहित नजिकको खोप केन्द्रमा गइ भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूरा गरी खोप लगाउन हुन सम्पूर्ण नगरवासीहरुमा हार्दिक अनुरोध गरिन्छ।’