९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नलेखिएको समाचारः जय नेपाल



अ+ अ-

जय नेपाल !

हामी धेरैले सुनेको वाक्य हो यो।  व्यक्ति पेशा र सन्दर्भमा फरक फरक अर्थ लाग्ने गरि यसको प्रयोग हुने गरेको छ। यो वाक्य राष्ट्रिय अभिवादनको रुपमा पनि प्रयोग भैरहेको छ । सैनिक प्रहरीले आफ्नो अभिवादनमा जयनेपाल शब्द प्रयोग गरेको छ । यस्तै राजनैतिक रुपमा कांग्रेस र कांग्रेस निकट रहेकाहरुले पनि अभिवादन गर्नु परे जय नेपाल भन्ने चलन छ । अझ भनौ कसैले जय नेपाल भन्यो भने कि त्यो सेना वा प्रहरी हो कि त्यो नेपाली कांग्रेसको कार्यकर्ता हो बुझ्ने चलन छ ।  विदेशमा जयनेपाल भनेर सम्बोधन भएमा नेपाली रहेछ भनेर बुझ्ने गरिन्छ । खासमा यो वाक्य कसरि प्रयोगमा आयो कसले प्रयोगमा ल्यायो भन्ने बारे हामीले एक भिडियो सामग्री बनाएका छौँ । आजको नलेखिएको समाचार शृंखलामा जय नेपाल वाक्य कसरि प्रयोगमा आयो प्रस्तुत गरेका छौ ।

कांग्रेस मामिलाका जानकार

गोपालप्रसाद रिमाल र शुक्रराज शास्त्रीले जय नेपाल भन्ने चलन चलाए भन्ने पनि छ । तर त्यसको आधिकारिक प्रमाण रेकर्ड पाइदैन ।

नेपालमा राणा शासन छदा कै कुरा हो । भारतमा अंग्रेजहरुको उपनिवेशीक शासन थियो । त्यो बेला स्वतन्त्रता आन्दोलनमा लागेका भारतीय कांग्रेस र समाजवादी नेताहरु आपसमा जय हिन्द भनेर संवोधन गर्थे ।

बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायत धेरै नेपाली युवाहरु भारतीय स्वतन्त्रता आन्दोलनमा सकृय रुपमा सहभागी थिए । भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन अन्त्य गर्न सकिदैन भन्ने उनीहरुको वुझाई थियो ।

भारत स्वतन्त्र हुने करिव करिव तय भएपछि नेपालमा राजनीतिक दलहरु खुल्न थाले । नेपाली कांग्रेसका नेताहरु बीच जय नेपाल भनेर संवोधन गर्ने चलन त्यही बेला शुरु भएको हो ।

त्यो बेलासम्म नेपाललाई गोर्खा भनिन्थ्यो । काठमाडौंलाई मात्र नेपाल भन्ने चलन थियो । पछिसम्म पनि त्यो चलन रह्यो । हामी भन्दा अघिको पूस्ताले काठमाडौंलाई नेपाल नै भनेको सुनेका हौँ।

नेपाली कांग्रेसमा खास गरी बीपीलाई के लाग्यो भने काठमाडौंलाई काठमाण्डौं र मेची देखि महाकालीसम्मलाई नेपाल भन्ने चलन चलाउनु पर्छ । २००७ सालको क्रान्ति देखि त्यसलाई आन्दोलनकै रुपमा अघि वढाइयो । मुक्ति सेनाका जवानहरु विच भेट्दा र छुट्टिदा जय नेपाल भन्ने चलन शुरु भयो ।  त्यसैको आधारमा पुलिसले अहिले पनि जय नेपाल नै भन्ने गरेको छ ।

जय नेपाल प्रहरी वृत्त कीर्तिपुर

२००७ सालको क्रान्ति सफल भएपछि मुक्ति सेनाका धेरै कमाण्डरहरु नेपाल प्रहरीमा समाहित भए । प्रहरीको उच्चपद आईजीपी पनि भए । जसमा जीबी याकथुम्वा, पूरण सिंह खवास, रोमवहादुर थापा र डीबी लामा लगायत थिए ।

त्यसै गरी रेडियो नेपालले अहिले पनि दिनको सुरुवात जय नेपालबाट गर्छ । किन भने नेपाली कांग्रेसले क्रान्तिको वेला तारिणीप्रसाद कोइरालाले खोलेको प्रजातन्त्र रेडियोले जय नेपाल भनेर प्रशारण शुरु गर्दथ्यो । पछि विराटनगरबाट त्यही रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपालमा परिणत गरियो । त्यसैले रेडियो नेपालले अहिले पनि प्रशारण शुरु गर्दा जय नेपाल भनेर प्रशारण शुरु गर्छ ।