१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

श्रीलङ्काका राष्ट्रपतिद्वारा विपक्षीलाई एकता सरकारमा सहभागी हुन आग्रह

श्रीलङ्काका राष्ट्रपतिद्वारा विपक्षीलाई एकता सरकारमा सहभागी हुन आग्रह
अ अ+ अ-

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सोमबार देशको आर्थिक सङ्कटसँग जुध्न एकता सरकारको आह्वान गरेमन छन् । क्याबिनेट मन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिन प्रस्ताव गरेपछि उनले एकताको सरकारका लागि आह्वान गरेका हुन् ।

आज सेयरको मूल्यमा आएको गिरावटको कारण सेयर कारोबार दुई पटक रोकियो।

ऋणमा डुबेको श्रीलङ्का विदेशी मुद्रा सङ्कटका कारण घण्टौँसम्म विद्युत् कटौती र अत्यावश्यक वस्तुको अभावका कारण इन्धन र अन्य वस्तुको आयात तिर्न सङ्घर्ष गरिरहेको छ । सप्ताहन्तमा कर्फ्यूका बावजुद व्यापक सडक विरोध जारी छ।

“यसलाई राष्ट्रिय आवश्यकता मान्दै सबै नागरिक र भावी पुस्ताको हितमा मिलेर काम गर्ने समय आएको छ”, राजापाक्षको मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिले यस राष्ट्रिय सङ्कटको समाधान खोज्न संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई मन्त्रीहरूको पोर्टफोलियोहरू स्वीकार गर्न एकजुट हुन आह्वान गर्नुभएको छ।”

सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर अजित निभार्ड काब्रालले आफूले पनि राजीनामा दिने प्रस्ताव गरेको बताएका छन्। उनले ट्विटरमा भनेका छन्, “सबै क्याबिनेट मन्त्रीहरूले राजीनामा दिएका सन्दर्भमा मैले आज गभर्नर पदबाट राजीनामा बुझाएको छु ।”

देशका जनताले भोग्नुपरेको आर्थिक कठिनाइलाई लिएर विरोध प्रदर्शन भएपछि शुक्रबार राजापाक्षेले आपतकालीन अवस्था घोषणा गरेपछि पछिल्लो घटनाक्रम आएको हो।

कोलम्बो स्टक एक्सचेन्जले बेन्चमार्क शेयर मूल्य सूचकाङ्कमा तीव्र गिरावटका कारण सोमबार बिहान दुई पटक कारोबार स्थगित गर्यो।

सोमबार देशको मुख्य सहर कोलम्बोको सडकमा पुनः यातायात सुचारु भएको थियो तर देशभरबाट छिटपुट र शान्तिपूर्ण विरोध प्रदर्शनको रिपोर्ट आएको थियो।

भारतको दक्षिणी छेउमा रहेको दुई करोड २० लाख जनसङ्ख्या भएको टापु राष्ट्र श्रीलङ्का सरकारले ऋण कार्यक्रमका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गर्नुअघि गत महिना आफ्नो मुद्रालाई तीव्ररूपमा अवमूल्यन गरेपछि बढ्दो मुद्रास्फीतिसँग पनि जूझिरहेको छ।

एकपछि अर्को सरकारमा मुलुकको खर्च आम्दानीभन्दा बढी भएको छ भने व्यापारयोग्य वस्तु तथा सेवाको उत्पादन अपर्याप्त छ । दुईवटा घाटाहरू कोभिड–१९ महामारीले नराम्ररी पर्दाफास गरेको थियो जसले यसको आर्थिक मुख्य आधार पर्यटन उद्योगलाई अपाङ्ग बनायो। रोयटर्स