२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काका राष्ट्रपतिद्वारा विपक्षीलाई एकता सरकारमा सहभागी हुन आग्रह



अ+ अ-

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सोमबार देशको आर्थिक सङ्कटसँग जुध्न एकता सरकारको आह्वान गरेमन छन् । क्याबिनेट मन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिन प्रस्ताव गरेपछि उनले एकताको सरकारका लागि आह्वान गरेका हुन् ।

आज सेयरको मूल्यमा आएको गिरावटको कारण सेयर कारोबार दुई पटक रोकियो।

ऋणमा डुबेको श्रीलङ्का विदेशी मुद्रा सङ्कटका कारण घण्टौँसम्म विद्युत् कटौती र अत्यावश्यक वस्तुको अभावका कारण इन्धन र अन्य वस्तुको आयात तिर्न सङ्घर्ष गरिरहेको छ । सप्ताहन्तमा कर्फ्यूका बावजुद व्यापक सडक विरोध जारी छ।

“यसलाई राष्ट्रिय आवश्यकता मान्दै सबै नागरिक र भावी पुस्ताको हितमा मिलेर काम गर्ने समय आएको छ”, राजापाक्षको मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिले यस राष्ट्रिय सङ्कटको समाधान खोज्न संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई मन्त्रीहरूको पोर्टफोलियोहरू स्वीकार गर्न एकजुट हुन आह्वान गर्नुभएको छ।”

सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर अजित निभार्ड काब्रालले आफूले पनि राजीनामा दिने प्रस्ताव गरेको बताएका छन्। उनले ट्विटरमा भनेका छन्, “सबै क्याबिनेट मन्त्रीहरूले राजीनामा दिएका सन्दर्भमा मैले आज गभर्नर पदबाट राजीनामा बुझाएको छु ।”

देशका जनताले भोग्नुपरेको आर्थिक कठिनाइलाई लिएर विरोध प्रदर्शन भएपछि शुक्रबार राजापाक्षेले आपतकालीन अवस्था घोषणा गरेपछि पछिल्लो घटनाक्रम आएको हो।

कोलम्बो स्टक एक्सचेन्जले बेन्चमार्क शेयर मूल्य सूचकाङ्कमा तीव्र गिरावटका कारण सोमबार बिहान दुई पटक कारोबार स्थगित गर्यो।

सोमबार देशको मुख्य सहर कोलम्बोको सडकमा पुनः यातायात सुचारु भएको थियो तर देशभरबाट छिटपुट र शान्तिपूर्ण विरोध प्रदर्शनको रिपोर्ट आएको थियो।

भारतको दक्षिणी छेउमा रहेको दुई करोड २० लाख जनसङ्ख्या भएको टापु राष्ट्र श्रीलङ्का सरकारले ऋण कार्यक्रमका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गर्नुअघि गत महिना आफ्नो मुद्रालाई तीव्ररूपमा अवमूल्यन गरेपछि बढ्दो मुद्रास्फीतिसँग पनि जूझिरहेको छ।

एकपछि अर्को सरकारमा मुलुकको खर्च आम्दानीभन्दा बढी भएको छ भने व्यापारयोग्य वस्तु तथा सेवाको उत्पादन अपर्याप्त छ । दुईवटा घाटाहरू कोभिड–१९ महामारीले नराम्ररी पर्दाफास गरेको थियो जसले यसको आर्थिक मुख्य आधार पर्यटन उद्योगलाई अपाङ्ग बनायो। रोयटर्स