२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुनामदन’ सबैभन्दा बढी मन पराउने कृति



अ+ अ-

 

जनकपुरधाम, ९ पुस ।

जनकपुर क्षेत्रमा नेपाली भाषाका स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ कृतिलाई अहिले पनि सबैभन्दा बढी मन पराउने गरिएको छ । सो कृतिपछि विश्वेश्वरप्रसाद कोइरालाको ‘नरेन्द्र दाइ’, पारिजातको ‘शिरीषको फूल’ र लीलबहादुर क्षत्रीको ‘बसाइँ’ उपन्यास बढी पढिने कृतिभित्र पर्दछ । साझा प्रकाशन क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख राजकिशोर यादवका अनुसार नेपाली भाषाका स्रष्टाका कृतिमा पाठकको पहिलो माग मुनामदन नै हुने गरेको छ ।

सो पुस्तक गत वर्ष करिब एक हजारप्रति कार्यालयबाट बिक्री भएको समेत उहाँले जानकारी दिनुभयो । त्यस्तै माधव घिमिरेको ‘गौरी’, सिद्धिचरण श्रेष्ठको ‘आँसु’, लेखनाथ पौड्यालको ‘ऋतु विचार’ र भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कृति पनि खोजी खोजी पढ्ने गरेको पाइएको छ । बालकृष्ण समको ‘चिसो चुल्हो’, क्षेत्रप्रताप अधिकारीको ‘नफुलेको फूल’ कृतिको माग पनि सन्तोषजनक रहेको छ । विश्वेश्वरप्रसाद कोइरालाको कृतिमध्ये ‘दोषी चस्मा’, ‘श्वेत भैरवी’, ‘मोदिआइन’ । ‘तीनघुम्ती’ कृति पठन संस्कृतिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । होमनाथ सुवेदीको ‘यमपुरीको महल’, शंकर कोइरालाको ‘खैरिनी घाट’, गौरा प्रसाईंको ‘मेरा जीवनका पानाहरू’ र स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ’ पुस्तक पनि पाठकको अधिक मागभित्र रहेको पाइएको छ ।