९ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुनामदन’ सबैभन्दा बढी मन पराउने कृति



अ+ अ-

 

जनकपुरधाम, ९ पुस ।

जनकपुर क्षेत्रमा नेपाली भाषाका स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ कृतिलाई अहिले पनि सबैभन्दा बढी मन पराउने गरिएको छ । सो कृतिपछि विश्वेश्वरप्रसाद कोइरालाको ‘नरेन्द्र दाइ’, पारिजातको ‘शिरीषको फूल’ र लीलबहादुर क्षत्रीको ‘बसाइँ’ उपन्यास बढी पढिने कृतिभित्र पर्दछ । साझा प्रकाशन क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख राजकिशोर यादवका अनुसार नेपाली भाषाका स्रष्टाका कृतिमा पाठकको पहिलो माग मुनामदन नै हुने गरेको छ ।

सो पुस्तक गत वर्ष करिब एक हजारप्रति कार्यालयबाट बिक्री भएको समेत उहाँले जानकारी दिनुभयो । त्यस्तै माधव घिमिरेको ‘गौरी’, सिद्धिचरण श्रेष्ठको ‘आँसु’, लेखनाथ पौड्यालको ‘ऋतु विचार’ र भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कृति पनि खोजी खोजी पढ्ने गरेको पाइएको छ । बालकृष्ण समको ‘चिसो चुल्हो’, क्षेत्रप्रताप अधिकारीको ‘नफुलेको फूल’ कृतिको माग पनि सन्तोषजनक रहेको छ । विश्वेश्वरप्रसाद कोइरालाको कृतिमध्ये ‘दोषी चस्मा’, ‘श्वेत भैरवी’, ‘मोदिआइन’ । ‘तीनघुम्ती’ कृति पठन संस्कृतिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । होमनाथ सुवेदीको ‘यमपुरीको महल’, शंकर कोइरालाको ‘खैरिनी घाट’, गौरा प्रसाईंको ‘मेरा जीवनका पानाहरू’ र स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ’ पुस्तक पनि पाठकको अधिक मागभित्र रहेको पाइएको छ ।




भर्खरै