९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवकोटाको ‘चम्पा’उपन्यास हिन्दीमा आउने



अ+ अ-

नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘चम्पा’उपन्यासलाई हिन्दी भाषामा अनुवाद गरी प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठान साहित्य (अनुवाद) विभाग प्रमुख प्रा डा उषा ठाकुरले चालु आवमा देवकोटाको एक मात्र सो उपन्यास अनुवाद गरी प्रकाशनमा ल्याइने जानकारी दिए ।

उनले चालु आवमा नेपाली भाषाका प्रतिनिधि कविताको हिन्दी अनुवाद गरिने, इन्दिरा प्रसाईँको ‘रनमाया’ उपन्यास अङ्ग्रेजीमा अनुवाद गरिने, सार्कका महिला कथाकारका प्रतिनिधि कथा, पाश्चात्य समालोचना र संस्कृत आख्यानको नेपाली अनुवाद गरिने तथा हिन्दीका १५ र नेपाली भाषाका १०कथाको अवधी भाषामा अनुवाद गरिने बताए ।

प्राज्ञ प्रा डा ठाकुरका अनुसार रवीन्द्रनाथ ठाकुरका प्रतिनिधि कथाको हिन्दीबाट नेपालीमा अनुवाद तथा रामप्रसाद राय थारुद्वारा लिखित नेपाली भोजपुरी साहित्यको प्रथम उपन्यास ‘थरुहट के बउआ अओर बहुरिया’(थरुहटका छोरा र बुहारी),२०२९ को नेपाली अनुवाद गरिने योजना छ । विभागले हिन्दी भाषाको प्रज्ञा पत्रिका ‘रुपान्तरण’को तेस्रो अङ्कको तयारी पनि गर्दैछ ।