३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

भारतको ’सन्देश’ पछि प्रक्रिया स्थगित

भारतको ’सन्देश’ पछि प्रक्रिया स्थगित
अ+ अ-

काठमाडौं, भदौ २६ । भारतीय राजदूत रन्जित रेले आफ्नो सरकारको औपचारिक ‘सन्देश’ प्रमुख तीन दलका शीर्ष नेतालाई दिएपछि संविधान निर्माण प्रक्रिया दुई दिनका लागि स्थागित भएको छ ।

राजदूत रेले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शुक्रबार अलग–अलग भेटेर खुला सीमा क्षेत्रमा भएको अशान्तिले भारतलाई पनि चिन्ता भएको सन्देश दिएका थिए । समस्या समाधान राजनीतिक ढंगले गर्नुपर्ने सन्देश दिँदै उनले त्यस्तो समाधान खोज्न नेपाल आफैं स्वतन्त्र भएको बताएका थिए ।

तीन–तीनपटक आह्वान गर्दा पनि मधेसी दल वार्तामा नआएपछि संविधान निर्माण प्रक्रियालाई निरन्तरता दिइरहेका प्रमुख तीन दलको बैठक शुक्रबार बस्नुअघि रेले उनीहरूलाई भेटेका थिए । उनी बिहीबार बेलुकादेखि नै राजनीतिक भेटघाटमा सक्रिय थिए ।

यही दुई दिनभित्र संविधानका दफा पारित गरी यसै महिनाको अन्त्यसम्म जारी गर्ने तयारी संविधानसभाको थियो । संविधान लेखन प्रक्रिया नरोकिने बुझेपछि भारतले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको औपचारिक सन्देश राजदूतमार्फत पठाएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

बिहान ८ बजे प्रमुख तीन दलको बैठक बस्नुअघि नै राजदूत रे बालकोटस्थित एमाले अध्यक्ष ओली निवास पुगेका थिए । ‘सहमतिबाट संविधान बनाउनुहोस् भन्ने भारतीय दूतको सन्देश थियो,’ ओलीका निजी सचिव रमेश आचार्यले भने, ‘अध्यक्षज्यूले आन्दोलनरत दललाई वार्तामा ल्याउने प्रयास भएको र संविधान छिट्टै आउनेमा विश्वस्त हुनुहोस् भन्नुभयो ।’

ओलीनिकट स्रोतका अनुसार ’सहमतिका लागि’ भारतीय राजदूत रेले ओलीसमक्ष प्रस्ट रूपमा तीनवटा प्रस्ताव गरेका छन् । ‘पहिलो, जारी संविधान निर्माण प्रक्रिया स्थगित गरेर सहमति खोज्नुहोस्,’ रेलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘पश्चिममा कैलालीका १, २, ३ र ४ निर्वाचन क्षेत्र नवलपरासी–बर्दिया प्रदेशमा र पूर्वको मोरङ र सुनसरीलाई २ नम्बर प्रदेशमा समावेश गराए समाधान हुन्छ, नत्र गाह्रो देखिन्छ ।’

यसो गरे समस्या समाधान हुने तर्क पनि रेको थियो । यो विषयलाई संविधान निर्माण क्रममा सम्बोधन गरे आन्दोलन गरिरहेका तराई–मधेसकेन्द्रित दल र समूह वार्तामा आए वा नआए पनि केही फरक नपर्ने उनको सन्देश थियो ।

राजदूत रेको सन्देशबारे ओलीसँग केही चर्काचर्कीसमेत भएको थियो । त्यसपछि ओली प्रमुख तीन दलको बैठकका लागि बालुवाटार प्रस्थान गरे । अन्य दुई दलका शीर्षनेता डेढ घन्टादेखि उनको प्रतीक्षामा थिए ।

ओलीसँग भेटेलगत्तै रे एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट पुगे । भारतीय दूत लाजिम्पाट पुग्दा दाहाल भने बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख तीन दलको बैठकमा व्यस्त थिए ।

निवासमा भारतीय राजदूत आएको खबर पाउनेबित्तिकै दाहाल जारी बैठक छाडेर नेता बाबुराम भट्टराईसहित लाजिम्पाट गए । रेले भेटघाटका लागि बिहान ७ बजेको समय मागेका थिए तर बिहान प्रमुख तीन नेता दाहाल, भट्टराई र नारायणकाजी श्रेष्ठको आन्तरिक बैठक पहिल्यै निर्धारित भएकाले उनले त्यो समय पाउन सकेका थिएनन् ।

१० बजेका लागि समय पाएका भारतीय राजदूतले लाजिम्पाट निवासमा भारतीय सरकारको लिखित सन्देश पढेर सुनाए जहाँ दाहाल–भट्टराई उपस्थित थिए । उपाध्यक्ष श्रेष्ठ भने लाजिम्पाट गएनन्, बालुवाटारै बसे । ‘भारत सरकार नेपालमा चाँडै संविधान निर्माण भएको देख्न चाहन्छ भन्ने सन्देश बोकेर आउनुभएको थियो,’ जिज्ञासामा दाहालका प्रमुख सचिव चूडामणि खड्काले भने, ’तराई–मधेसका आन्दोलनलाई सम्बोधन गरेर सहमतिमा संविधान बनाउन शुभकामना दिनुभएको छ ।’ उनका अनुसार नेपालको आन्तरिक समस्या नेपाली राजनीतिक दलले हल गरेको हेर्न चाहेको सुनाएर राजदूत रे फर्केका थिए ।

दाहाल–भट्टराई पुनः बालुवाटार फर्केलगत्तै प्रमुख तीन दलको बैठक पुनः सुरु भयो । प्रधानमन्त्री कोइरालाले राजदूत रेले १५ दिन संविधानसभा स्थगित गरी असन्तुष्ट पक्षसँग वार्ता गर्न दबाब दिएको सुनाए । ओली, दाहाल र कांग्रेस नेता शेरबहादुर देउवाले समस्या आउनसक्ने भन्दै प्रक्रिया स्थगन गर्न नहुने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री कोइरालाले पाँच दिन बैठक स्थगित गर्न सहमति गरौं भन्ने प्रस्ताव गरे पनि दुई दिन समय दिने निर्णय भयो । बालुवाटारमा नेताहरूले भारतीय दबाबपछि यो निर्णय गरिरहेका बेला संविधानसभामा सभासदले धारणा राख्ने क्रम जारी थियो ।

परिमार्जित विधेयकमाथि सभासदले धारणा राखिरहेकै बेला प्रमुख दलबीच आकस्मिक निर्णय भएपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार बिहान ११ः३० बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

राजदूत रेले दिनभरजसो विभिन्न राजनीतिक नेतासँग भेटघाट तथा टेलिफोन सम्पर्क गरेको जानकारी नेताहरूले दिए । दिनभरिको सक्रियतापछि साँझ उनले नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई जंगीअंड्डा, भद्रकालीमा भेटेका थिए ।