३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

नाशक बमबाट सुरक्षा

नाशक बमबाट सुरक्षा
अ+ अ-

भियना,  भदौ २६ । अमेरिकी राष्ट्रपति बराक ओबामाको शब्दमा पारमाणविक आतङ्कवाद ‘‘हामीले भोगेको सबैभन्दा भयानक खतरा’’ हो । निकै कमले यस भनाईमा विवाद गरे पनि विश्वमा यस चुनौतीलाई न्यून बनाउने काम गर्न बाँकी नै छ ।
आतङ्कवादीलाई पारमाणविक सामग्री प्राप्त गर्न कठिन बनाउन सन् १९८७ को ऐतिहासिक ‘पारमाणविक सामग्रीको भौतिक सुरक्षासम्बन्धी महासन्धि’ मा संशोधन गर्न विश्वका नेताहरूले सहमति व्यक्त गरको दश वर्षपछि पनि नयाँ उपाय अझै पनि कार्यान्वयन भएको छैन । यसको नतिजाको रूपमा हुनसक्ने अति संवेदनशीलतालाई अविलम्ब सम्बोधन गर्नुपर्छ ।
आतङ्कवादको जोखिमलाई बढी प्रभावकारी रूपमा सम्बोधन गर्न सन् २००५ को जुलाइमा उक्त महासन्धिका हस्ताक्षरकारीहरूले सहमति व्यक्त गरेका थिए । पारमाणविक ऊर्जा उत्पादन संयन्त्र वा रेडियोधर्मी विकिरण छर्नसक्ने उपकरणलाई सामान्य रूपमा नाशक बम भनिन्छ र कार्यान्वयन गर्न खोजिएको नयाँ उपायले यस्ता संयन्त्रमा आक्रमण गरी वा यस्ता उपकरण विस्फोट गरी व्यापक रूपमा रेडियोधर्मी सामग्री फैलाउने काम गर्न आतङ्कवादीलाई बढी कठिन बनाउँछ ।
यो संशोधन कार्यान्वयनमा आउनुअगाडि आरम्भको महासन्धिमा हस्ताक्षर गरेका १५२ सदस्यमध्ये दुई तिहाइले यसलाई समर्थन जनाउनु पर्छ । जुलाइमा अमेरिका, इटाली तथा टर्कीले यसमा हस्ताक्षर गरेका छन् र महत्वपूर्ण प्रगति भएको छ तर पनि कम्तीमा पनि १४ थप मुलुक आवश्यक छन् ।
आतङ्कवादीले पारमाणविक वा अन्य रेडियोधर्मी उपकरणमा कहिल्यै ठूलो आक्रमण नगरेको तथ्य भए पनि यस चुनौतीको गम्भीरतालाई नदेखेजस्तो गर्नुहुन्न । आतङ्कवादी समूहले कच्चा पारमाणविक विस्फोट गराउने उपकरण अर्थात नाशक बम तयार गर्ने आवश्यक सामग्री प्राप्त गर्न प्रयास गरेका प्रमाणहरू छन् ।
उदाहरणको रूपमा सन् २०११ मा तस्करहरूको एक समूहले बिक्री गर्न खोजिरहेको अवस्थामा उच्च रूपमा प्रशोधन भएको युरेनियम मोल्दोभाका प्रहरीले जफत गरेको थियो । उक्त युरेनियम पत्ता लगाउन नसक्ने बनाउने ढालयुक्त भाँडो बनाउन प्रयास गरी ती तस्करहरूले यस विषयमा चिन्ताजनक रूपमा प्राविधिक ज्ञान प्रदर्शन गरेका थिए ।
यो घटनाक्रम सुखद् अवस्थामा अन्त्य भयो । अन्तर्राष्ट्रिय आणविक उर्जा संस्थाको सहयोगमा आफ्नो पारमाणविक सुरक्षा क्षमता वृद्धि गर्दा उक्त सामग्री पहिचान भएको थियो, यसका कारण त्यसलाई जफत गरियो र तस्करहरूलाई पक्राउ गरियो र यसका लागि मोल्दोभाको प्रयासलाई धन्यवाद दिनुपर्छ ।

मोल्दोभामा देखा परेको तस्करहरूको प्रयास एउटा स्पष्ट तस्बिर हो वा यो ठूलो वस्तुको बाहिर देखिएको एक भाग मात्रै हो भन्ने कुरा थाहा पाउने कुनै उपाय छैन । यस विश्वमा पारमाणविक सामग्रीको थुप्रो बढिरहेको कुरा भने निश्चित छ । सन् १९९९ पछि शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग भएका यस्ता सामग्री ७० प्रतिशतले बढेका छन् र पारमाणविक उर्जा प्रयोग गर्ने प्रवृत्ति निरन्तर रहनेछ । दुर्घटनाको रूपमा वा जानाजान यस्ता सामाग्रीको दुरूपयोग वा गलत स्थानमा राख्ने काम हुन नदिने कुरा सुनिश्चित गर्न प्रभावकारी उपाय गर्नु अति आवश्यक छ ।
सन् १९९५ पछि अन्तर्राष्ट्रिय आणविक उर्जा संस्थाका सदस्य मुलुकले रेडियोधर्मी सामग्री नियमक नियन्त्रणबाट बाहिर पुगेको दुई हजार ८०० घटनाका बारेमा सूचना दिएका छन् । यीमध्ये निकै कम घटनामा पारमाणविक विस्फोटक उपकरण बनाउन सकिने सामग्री वा नाशक बम बनाउन परम्परागत विस्फोटक पदार्थमा एकीकृत गर्न सकिने तुलनात्मक रूपमा सानो आकारमा रेडियोधर्मी सामग्री उपयोग भएको देखिएका छन् । यसो भए पनि यस्ता हतियार धेरै व्यक्तिको हत्या गर्न, ठूलो सहरी क्षेत्रलाई प्रदूषित बनाउन वा आम रूपमा सन्त्रास उत्पन्न गराउन सक्षम छन् ।
सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा आक्रमण भएपछि आतङ्कवादको जोखिमका विषयमा ध्यान नविकरण भएको छ र पारमाणविक सामग्रीको सुरक्षा व्यवस्थामा धेरै उपलब्धि हासिल भएका छन् । धेरै मुलुकले पारमाणविक वा रेडियोधर्मी सामग्रीको चोरी, तोडफोड वा गैरकानुनी हस्तान्तरण हुननदिन प्रभावकारी उपाय संस्थागत गरेका छन् र धेरै पारमाणविक सयन्त्रमा सुरक्षा व्यवस्थामा सुधार गरिएको छ । यस विषयमा अझै धेरै काम गर्नुपर्छ ।
प्रारम्भिक महासन्धिमा पारमाणविक सामग्रीको अन्तर्राष्ट्रिय ओसारपसारका विषयमा मात्र ध्यान दिइएको थियो र त्यसमा पारमाणविक संयन्त्रको सुरक्षाका विषय परेको थिएन । दश वर्ष अगाडि गरिएको संशोधनले मुलुकहरूलाई घरेलु रूपमा उपयोग भएका, भण्डार गरिएका वा ओसारपसार गरिएका पारमाणविक संयन्त्रको सुरक्षा गर्न जिम्मेवार बनाउँछ ।
यसले चोरी भएका वा तस्कर गरिएका पारमाणविक सामग्री रहेको स्थान पत्ता लगाउने तथा प्राप्त गर्ने कुरामा सहयोग विस्तार गर्नेछ र पारमाणविक संयन्त्रमा कुनै आक्रमण भए प्रतिकार गर्न समन्वय गर्नेछ । यसले पारमाणविक सामग्री ओसारपसारलाई अपराधको रूपमा लिएको छ र हस्ताक्षरकारी मुलुकले यस्ता सामग्रीको भौतिक सुरक्षा गर्ने तथा तोडफोडबाट हुने प्रभाव न्यून बनाउने राष्ट्रिय प्रणालीमा सुधार गर्न सहयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।
पारमाणविक ऊर्जा प्रयोग गर्ने मुलुकका लागि पारमाणविक सामग्रीको सुरक्षा एउटा मुद्दाको विषय मात्र होइन । विश्वव्यापी सुरक्षा प्रणालीमा आतङ्कवादी तथा अपराधीले कुनै पनि संवेदनशील अवस्थालाई उपयोग गर्ने प्रयास गर्नेछ । विश्वका कुनै पनि भागका कुनै पनि मुलुकले आफू यस प्रकारको सामग्री ओसारपसारको बिन्दु बनेको फेला पार्नसक्नेछ र कुनै पनि मुलुक यस्तो आक्रमणको लक्ष्य बन्नसक्नेछ ।
प्रभावकारी अन्तर्राष्ट्रिय सहयोग निकै महत्वपूर्ण हुन्छ । सुरक्षामा प्रमुख असफलताको प्रभाव अन्तरसीमामा पनि विनाशकारी हुनसक्छ । पारमाणविक आतङ्कवादको चुनौतीलाई सबै मुलुकले गम्भीरतापूर्वक लिनुपर्छ । उक्त महासन्धिको संशोधन सकेसम्म छिटो कार्यान्वयन हुने कुरा सुनिश्चित गर्नु यसको एक मात्र सबैभन्दा प्रभावकारी उपाय हुनेछ ।
(युकिया अमानो अन्तर्राष्ट्रिय आणविक उर्जा संस्थाका महानिर्देशक हुनुहुन्छ । अनुवाद : सुरेन्द्रबहादुर नेपाली रासस/प्रोजेक्ट सिन्डिकेट)