५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर कांग्रेस सभापतिमा जबेगू विजयी



अ+ अ-

पाँचथर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी सुरेन्द्रकुमार दाहाललाई २०० बढी मतान्तरले पराजित गर्दै जबेगू सभापति निर्वाचित हुनुभएको हो ।

गएराति सम्पन्न मतगणनाअनुसार जबेगू ६३४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । दाहालले भने ४१६ मत प्राप्त गर्नुभयो । उपसभापति पदमा भने वृजहाङ आङदेम्बे र डिकेन्द्रकुमार चेम्जोङ विजयी हुनुभएको छ । आङदेम्बे ६२५ र चेम्जोङ ४५१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । 

सचिव पदमा दीपक नेपाल ५२७ मत र डेकेन्द्रकुमार तामाङ ४७० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । सचिव पदमा धनराज तुम्बापोले ४१४, सुवराज थापाले ३७७ र एकराज नेम्वाङले १५६ मत प्राप्त गर्नुभएको छ । यस्तै सहसचिव पदमा ६०८ मत प्राप्त गर्दै सन्तोष श्रेष्ठ र ४९९ मत प्राप्त गर्दै गजेन्द्र राई विजयी हुनुभएको छ । सहसचिव पदमा धनसिंह नेम्वाङले ४३० र कृष्णकुमार फियाकले ३७० मत प्राप्त गर्नुभएको छ ।

यस्तै निर्वाचन भएका जिल्ला सदस्य पदमा गणेशप्रसाद पोखरेल, विजयहाङ आङदेम्बे, धनकुमार लावती, देउकुमार योङहाङ र शशीराज आङदेम्बे विजयी हुनुभएको छ । 

यस्तै विमला हाङसरुम्बा, राजकुमार नेम्वाङ, रमेशभगत प्रधानाङ्ग, दिला खेवाङ, मविन्द्र योङया, चन्द्रकुमार आङदेम्बे, वीरेन्द्रकुमार शेर्मा, डिलेन्द्रकुमार शेर्मा, लिला राई, मनकुमारी शेर्मा, गोविन्दबहादुर फुयाल विजयी हुनुभएको छ । बाँकी जिल्ला कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । रासस