४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह

प्रधानमन्त्री ओलीको बोली : पुस आयो, पानीजहाज आएन

प्रधानमन्त्री ओलीको बोली : पुस आयो, पानीजहाज आएन
अ+ अ-

अध्ययन समितिले पानीजहाज सञ्चालन गर्ने भनिएका नदीको स्थलगत भ्रमणसमेत गरेको छैन

चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरूलाई निम्तासमेत दिएका थिए ।

तर, विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदीको स्थलगत अध्ययनसमेत गरेको छैन । नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको ‘इनल्यान्ड वाटर वेज’ (आन्तरिक जलमार्ग) अध्ययन समितिका प्रतिनिधि हालसम्म पनि तीन नदीको भ्रमणमा गएका छैनन् ।

भारतीय टोलीको नेपाल भ्रमण
गत ३१ र ३२ असारमा नेपाल र भारतबीच ‘इनल्यान्ड वाटर वेज’सम्बन्धी पहिलो प्राविधिक छलफल भएको थियो । छलफलमा भारत र नेपालले आ–आफ्ना रणनीति र उद्देश्य आदान–प्रदान गरेका थिए । भारतको जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वमा आएको भारतीय टोलीले बिहारको पटनासम्म निर्माण सम्पन्न भइसकेको जलमार्गलाई नेपालसम्म जोड्ने आफूहरूको योजना रहेको सुनाएका थिए । भारतीय प्रतिनिधिमण्डमा भारतको जलमार्ग प्राधिकरणका ४ जना, भारतीय राजदूतावासका ३ जना, कोसी ब्यारेजका १ जना र अन्य गरी ९ जना थिए ।

नेपाली टोलीको भारत भ्रमण
नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको इनल्यान्ड वाटर वे अध्ययन समितिको टोलीले १ देखि १४ असोजसम्म बनारस गएर जलमार्गसम्बन्धी अवलोकन अध्ययन गरेको थियो । समितिका संयोजक तथा जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे नेतृत्वको सात सदस्यीय टोली त्यहाँ गएको थियो । भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणको निमन्त्रणामा गएको टोलीले बनारसमा निर्माण भइरहेको जलमार्गको टर्मिनल र अन्य संरचनाको अवलोकन अध्ययन गर्यो । त्यस्तै, गंगा नदी र त्यससँग जोडिएका अन्य नदीमा निर्माण भइरहेका जलमार्गका संरचनाको समेत अवलोकन गरेको बेल्वासेले बताए ।

प्रगति शून्य
प्रधानमन्त्रीको घोषणालाई आधार मान्ने हो भने यतिवेला नेपालका नदीमा जलमार्ग सञ्चालनका लागि संरचना निर्माण भइसकेको हुनुपर्ने हो, तर हालसम्म यसका लागि न कानुन बनेको छ, न संरचना बनेको छ, न त पूर्वाधार निर्माण नै भएको छ । केवल अध्ययन समितिले अध्ययन र अवलोकन गर्ने काम मात्रै गरेको छ ।

फेरि आउँदै छ भारतीय टोली
आगामी जनवरीमा भारतीय टोली नेपालमा जगलमार्ग सञ्चालनको विषयमा थप छलफल गर्न आउँदै छ । सम्भवतः जनवरी ७ मा भारतीय टोली आउने र त्यसवेला वार्ता हुनेछ । काठमाडौंमा हुने वार्ताले नेपाल–भारत जलमार्ग निर्माण तथा सञ्चालनको एउटा खाका तयार पार्ने बेल्वासेले बताए । ‘वार्तामा भारतीय पक्षले सम्भाव्यता अध्ययन नेपाललाई पनि दिनेछ,’ उनले भने, ‘त्यसपछि कसरी अघि बढ्ने भन्ने मोटामोटी बाटो तय हुनेछ ।’ भारतीय पक्ष नेपाल आएपछि नारायणी र कोसीको स्थलगत अध्ययनसमेत गरिने उनले जानकारी दिए ।

संसद्बाटै प्रधानमन्त्रीले दिएका थिए पुसमा पानीजहाज चढ्ने निम्तो

बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले १५ असारमा भनेका थिए, ‘पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा चलाउँदै उडाएका छन्, अब हिँड्दाहिँड्दै हनुमाननगरबाट पानीजहाज चल्छ । दुई वर्षअघि म प्रधानमन्त्री हुँदा नै बोलेको हुँ । सन् २०१८ सम्म भ्याइएन भने ठीकै छ, सन् २०१९ को पुस १६ लाग्ला । तर, स्टिमर चढेर कोलकातासम्म जान निम्ता छ साथीहरूलाई ।’

समितिका संयोजक तथा जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे भन्छन्, ‘नेपालमा जलमार्ग सञ्चालन हुन्छ, तर कहिले भन्न सकिन्न’
नेपालमा जलमार्ग सञ्चालनको विषयमा हामीले उपलब्ध अध्ययन प्रतिवेदन तथा खोजहरू पढ्ने, विज्ञहरूसँग परामर्श गर्नेलगायत काम ग(यौँ । यसबीचमा भारतको इनल्यान्ड वाटर वे प्राधिकरणका प्रतिनिधिसँग छलफल गर्यो । हामीले भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणको निमन्त्रणामा बनारसमा निर्माण भइरहेको जलमार्गको टर्मिनल, जलमार्गका अन्य संरचनालगायतको अवलोकन अध्ययन गर्यो। नेपालमा जलमार्ग सञ्चालन सम्भव छ, सकिन्छ, त्यहीअनुसार काम पनि भइरहेको छ । तर, कहिले चल्छ भनेर अहिल्यै भन्ने अवस्था छैन । नयाँ पत्रिका दैनिकमा समाचार छ ।