४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

हस्तकला नगरी लोकप्रिय हुँदै

हस्तकला नगरी लोकप्रिय हुँदै
अ+ अ-

काठमाडौँ । विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्वको ३५औंँ कला नगरीका रूपमा घोषणा गरेपछि स्थानीय हस्तकलाको जगेर्नामा विभिन्न व्यापारिक सङ्घसंस्था सक्रिय भएका छन् ।

ललितपुर जिल्लालाई कला नगरी (क्राफ्ट सिटी) घोषणा गरिएको उपलक्ष्यमा स्थानीय कला, सम्पदाको संरक्षणमा उनीहरु क्रियाशील भएका हुन् । त्यस क्षेत्रमा भएका प्राचीन, मौलिक र परम्परागत कला विकास भएका आधारमा विश्व कला परिषद्ले उक्त शहरलाई कला नगरी घोषणा गरेको हो । नेपाल हस्तकला महासङ्घले गत शुक्रबार आफ्नो ४६औँ वार्षिकोत्सव तथा सातौँ हस्तकला दिवससमेत उक्त नगरीमा गरिएको छ ।

सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लका पालामा पाटन दरबार १६ र १७औँ शताब्दीमा निर्माण भएको हो । ललितपुर–२० स्थित पेमबहाल पोखरी १२औँ शताब्दीको उपलब्धि हो । उक्त पोखरी राजारजौटाले नभएर राक्षसले निर्माण गरेको विश्वास गरिएको छ । स्थानीय सुन्धारा र कृष्ण मन्दिर प्राचीन कला तथा कौशलबाट निर्माण गरिएको अर्को महत्वपूर्ण सम्पदास्थल हो । तीन सय वर्षदेखि चलेको खड्गजात्रा २४ वर्षदेखि रोकिएकामा गत असोजमा पुनः सञ्चालन गरिएको थियो ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको गृहनगर भएको यस क्षेत्रमा बहुमूल्य अमूर्त संस्कृति तथा कौशलपूर्ण हातबाट सिर्जित कलात्मक वस्तु, कुम्भेश्वर मन्दिर, स–साना चैत्यलगायत सम्पदा छन् । महानगरपालिका क्षेत्रभित्र उत्पादन भएका हस्तकलाका वस्तुको गुणस्तरीयता कायम गरी क्राफ्ट नगरीको उत्पादन अङ्कित स्टिकर टाँसी बिक्री गरेमा यहाँका उत्पादनले उच्च मूल्य प्राप्त गर्न सक्ने विश्वास लिइएको छ ।

वाङ्मय शताब्दी पुरुष जोशीले ललितपुर कला नगरीले काठमाडौँ उपत्यका मात्र नभर्र्ई सिङ्गो मुलुकको गौरव बढाएको बताउँदै नेपालको विविध कलाले नै राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको बताउनुभयो ।

तेस्रो शताब्दीमा मौर्य सम्राट अशोकले बनाउन लगाएका सत्य, त्रेता, द्वापर र कलियुग झल्कने चार स्तूप पाटनमा छन् । त्यसैगरी पाँचौँ शताब्दीमा बनेको हिरण्यवर्ण महाविहार पुरातात्विक महत्वको सम्पदा हो । यसलाई १२औँ शताब्दीमा भाष्करदेवले जीर्णोद्धार गरेको इतिहास पाइन्छ ।

रातो मच्छिन्द्रनाथको जात्रा परम्परा नरेन्द्रदेवले शुरु गरेकामा अहिलेसम्म पनि निरन्तर चलिरहेको छ । नगरी घोषणासँगै यस्ता अमूर्त संस्कृति तथा परम्परालाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने चुनौती थपिएको छ ।

महानगरका धेरै स्थानमा विभिन्न खालका हस्तकलाका मुख्य क्षेत्र छन् । काष्ठकला, मूर्तिकला, थान्कालगायत कलामा स्थानीयवासी पुस्तौंँदेखि लाग्दै आएका छन् । पाटनमा टोलैपिच्छे फरक–फरक खालका हस्तकला पाइन्छ ।

परिषद् विश्वभरमा छरिएका प्राचीन कलाको संरक्षण तथा प्रवद्र्धनमा स्थापित संस्था हो । संयुक्त अधिराज्यमा केन्द्रीय कार्यालय रहेको यो परिषद्ले विभिन्न चरणमा अध्ययन गरेर शहरलाई ‘कला नगरी’ घोषणा गर्दै आएको छ । परिषद्का पदाधिकारीले महानगरपालिकाका विभिन्न स्थानमा घुमेर यहाँको मौलिकताका बारेमा अध्ययन गर्नुभएको थियो ।

एशिया प्रशान्त क्षेत्रका अध्यक्ष डा घादा हिज्जाबी कदामीले गत कात्तिक २८ गते उक्त महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ‘कला नगरी’ को प्रमाणपत्र दिनुभएको थियो । त्यसपछि त्यस क्षेत्रका विभिन्न सङ्घ संस्थाले दिपावली गरी खुशीयाली गर्दै आएका छन् ।

नगरी घोषणाले ललितपुरका साथसाथै सिङ्गो नेपालको पर्यटन विकासका साथै सांस्कृतिक पर्यटनको प्रवद्र्धन हुने छ । स्थानीय हस्तकला उद्यमीले आफ्ना उत्पादनलाई कसरी गुणस्तरीय र कलात्मक बनाउने भन्नेबारे प्रतिस्पर्धा हुन थालेको नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिनुभयो ।

ललितपुरको दरबार क्षेत्र मात्र विश्व सम्पदा सूचीमा सूचीकृत रहेकामा अब अन्य प्राचीन महत्वका सम्पदा तथा पुरातात्विकस्थललाई पनि विश्व सम्पदामा अङ्कित गर्न वातावरण मिलेको महानगरले जनाएको छ ।

करीब चार लाख जनसङ्ख्या रहेको महानगरपालिकामा ८० प्रतिशत नागरिक हस्तकलामा संलग्न छन् । महानगरले स्थानीय हस्तकलालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनका लागि विश्वका सरोकार पक्षसँग समेत सहकार्य बढाउने महानगर प्रमुख चिरबाबु महर्जनले बताउनुभयो । रासस