४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह
अ+ अ-

काठमाडौँ। भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिइसकेका छन् ।

विभिन्न सांस्कृतिक कार्यक्रम गर्न तथा आपसमा भेला भई अन्तक्र्रिया एवं छलफल गर्नका लागि सो भवन बनाउन लागिएको हो । कोलकातामा रहेका नेपालीहरुको छाता सङ्गठन संयुक्त नेपाली वेलफेयर ट्रष्टले भवन निर्माणका लागि पहल गरिरहेको छ । नेपाल सरकारबाट रु ६ लाख र नेपाली समुदायबाट सङ्कलित रु ४ लाखबाट करीब १५ वर्षअघि खरीद गरिएको जग्गामा भवन बनाउन माटो परीक्षण र योजना तयार भइसकेको ट्रष्टका अध्यक्ष खिमराज बरालले बताउनुभयो । “कोलकातामा नेपाल भवन हाम्रो सपना हो, हाम्रो गौरव हो, यसको सफलताका लागि नेपाल सरकारले थप सहयोग गर्नुपर्छ”, खिमराजले भन्नुभयो । भवन बनाउन करीब रु १० करोड लाग्ने अनुमान गरिएको छ ।

यसबारे नेपाली समुदायले अनुरोध गरेअनुसार कोलकातास्थित महावाणिज्यदूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको र सोहीअनुसार परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई अनुरोधपत्र लेख्दै भवन निर्माणका लागि सहयोग गर्न आग्रह गरेको तर अर्थ मन्त्रालयबाट काम अघि नबढेको बताउनुभयो । “यसमा ठूलो जोड नगरी सफलता प्राप्त हुँदैन”, धर्मराजले भन्नुभयो ।
भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, भारत, कोलकाताका पूर्वअध्यक्ष नारायणप्रसाद होमागाईँले नेपाल भवनबारे धेरै प्रचारप्रसार भएको बताउँदै प्रस्तावित चारतले भवनमा सम्मेलन कक्ष, पुस्तकालय, कार्यालय कक्ष र आवाससमेत बन्ने हिसाबले नक्शाको तयारी गरिएको र माग गरिएको रकम पाइएमा अढाइ वर्षमा भवन बन्ने जानकारी दिनुभयो ।

गत मङ्सिर २२–२३ गते ‘तृतीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन’का अवसरमा महावाणिज्यदूतावासमा आयोजित अन्तक्र्रियामा महावाणिज्यदूत एकनारायण अर्यालले नेपाल भवन बन्नुपर्नेमा नेपाल सरकारलाई मनाउन सकिएको बताउँदै अब अर्थ मन्त्रालयमा पहल गरिने आश्वासन दिनुभयो । उहाँले कोलकातामा रहेका नेपाली भाषीहरु निकै सक्रिय भएको र प्रकाशन पनि निकै हुने गरेको बताउँदै भारतमा नेपाली भाषीको सङ्ख्या सर्वेक्षण हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले रविभानु काव्यवाटिकाका लागि पश्चिम बङ्गाल सरकारले जग्गा दिने आश्वासन दिएकाले सोका लागि पहल गरिने पनि बताउनुभयो । भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरेले काव्यवाटिकाका लागि भानुभक्त आचार्यको शालिक आफ्नो संस्थाले उपलब्ध गराइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भवनका लागि मञ्चसँग सहकार्य गरी नेपाल सरकारसँग आग्रह गरिने वचन दिनुभयो । नेपालका लागि कावा राजदूत भरतकुमार रेग्मीले भाषा र साहित्यमा दूतावासले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी विसं २०७८ को जनगणनामा विभिन्न देशमा बसेका नेपालीहरुको तथ्याङ्क पनि लिनुपर्ने बताउनुभयो । कोलकातामा नेपाली र नेपालीभाषी करीब ५० हजार रहेको बताइएको छ ।

सो अवसरमा नेपाली समुदायले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नेपाल–कोलकाता भाडा हालको करीब रु २० हजार महँगो भएकाले घटाइनुपर्ने बताउँदै राजदूतावास र महावाणिज्यदूतावासले धार्मिक–सांस्कृतिक पर्यटनमा जोड दिनुपर्ने सुझाव दिएको थियो । रासस