४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

स्वदेशमै व्यवसायमा रम्दै युवा

स्वदेशमै व्यवसायमा रम्दै युवा
अ+ अ-

 

विदुर । चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्र्र्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुपर्यो । सानो छँदा नै घरको मियोका रुपमा रहनुभएका बाबुको मृत्युपछि गाउँमा मेला, मजदूरी गर्दै माध्यमिक तहसम्मको शिक्षा पूरा गर्नुभएका पनेरुले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न धेरै कष्ट उठाउनुपर्यो । घरको जेठो छोरो भएपछि घर परिवारको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा आइपर्यो। स–साना भाइबहिनीको पनि पालनपोषण गर्नुपर्ने अर्को बाध्यता थियो । घरको कमजोर आर्थिक अवस्थाकै कारण स्वदेशमा मेला मजदूरीले परिवार पाल्ने धौ–धौ हुने देखेपछि ऋणधन गरेर अन्ततः उहाँ विदेश पलायन हुनुभयो । तर, राम्रो कमाउने अनि सुखसँग परिवार पाल्ने सपना बुनेर खाडी मुलुक छिर्नुभएका पनेरुले त्यहाँ ६ वर्षसम्म बस्दा पनि सोचेजस्तो कमाउन सक्नुभएन । बरु, गाउँमै फर्केर केही काम गर्ने अठोट उहाँको मनमा जाग्यो । ऋण लिएरै भए पनि व्यावसायिक कुखुरापालन गर्ने योजना बनाउनुभयो ।

एक वर्षअघि विदेशबाट फर्केर व्यावसायिक रुपमा ब्रोइलर कुखुरा पाल्न शुरु गर्नुभयो । पाँचसय कुखुराबाट शुरु गरी व्यवसाय थाल्नुभएका पनेरु आफ्नो आम्दानीको स्रोत अहिले यही नै बनिसकेको बताउनुहुन्छ । आफ्नै घरछेउमा करीब दुई हजार कुखुरा अट्ने क्षमताको टहरो निर्माण गरी दैनिक त्यसैको स्याहारसुसारमा उहाँ व्यस्त रहनुहुन्छ । कुखुरापालन गर्न शुरुमा टहरा र चल्लाका लागि चार लाख रुपैयाँ ऋण खोजेर व्यवसाय थाल्नुभएका उहाँले एक समूहकै कुखुरा बेचेर ऋण चुक्ता गर्नुभयो । करीब ४५ देखि ५० दिनमा कुखुरा बेच्न लायक हुने र एक पटकमा एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने पनेरु बताउनुहुन्छ ।

पनेरु भन्नुहुन्छ – “पहिला विदेश जानुभन्दा बरु यही व्यवसाय गर्ने आँट त्यतिबेला आएन । शायद, यसरी पहिला नै गर्न सकेको भए मैले विदेशमा थोरै पैसा कमाउनका लागि धेरै कष्ट झेल्नु नपर्ने रहेछ ।” त्यसैले अहिले उहाँ आफ्नै ठाउँको महत्व र सम्भावना नचिनेर विदेश जान खोज्नेहरुलाई यही सुझाव र सल्लाह दिनुहुन्छ ।

पनेरुको जस्तै अर्थाभावका कारण विदेशमा पसिना र परिश्रम खर्चेर केही आर्जन गर्न नसकेका र स्वदेशमा मेहनत गरेपछि सफल बनेका धेरै युवकहरु नुवाकोटमा अहिले प्रशस्त भेटिन्छन् जो विदेशभन्दा आफ्नै माटोलाई चिन्न सकेमा समृद्ध र उज्यालो भविष्य नेपालमै रहेको सन्देश गर्वका साथ दिइरहेका मात्रै छैनन्, सफल व्यवसाय गरेर त्यसको पुष्टि नै गरिरहेका छन् ।

सफल युवाको सूचीमा म्यागङ गाउँपालिका वडा नं ६ वर्ष ३६ का भद्रसिंह तामाङको पनि नाम आउँछ । सात वर्ष खाडी मुलुकमा बस्दा पनि आफ्नो र परिवारको जीवनमा कुनै परिवर्तन आएको नदेखेपछि उहाँले गाउँमै फर्केर तीन वर्षदेखि व्यावसायिक तरकारी खेती शुरु गर्नुभयो । दश हजार रुपैयाँको लगानीमा एउटा टनेलबाट गोलभेँडा लगायतका तरकारी उत्पादन गर्न शुरु गर्नुभएका उहाँले अहिले ५ रोपनी क्षेत्रफलमा करीब १० वटा टनेल बनाएर आफ्नो खेतीलाई विस्तार गर्न सफल हुनुभएको छ । “विदेशमा तीन÷चार महिनामा कमाउने पैसा अहिले म यहीँ गाउँमै कमाउन सक्षम बनिसकेको छ,” विदेशमा पैसा कमाउनका लागि जान मरिहत्ते गर्ने अहिलेका युवालाई प्रेरणा दिँदै उहाँले भन्नुभयो – “त्यहाँ गएर अर्काको देशमा बगाउने पसिना यहीँ आफ्नै माटोमा सिँचित गर्ने हो भने कहीँ जानुपदैन कमाउनका लागि ।” परिवारसँगै बसेर काम गर्न पाउँदा उहाँ ज्यादै प्रफुल्ल हुनुहुन्छ । एउटा टनेलमा गरेको तरकारी खेतीबाट मात्रै उहाँले ५० हजार रुपैयाँसम्मको तरकारी उत्पादन गर्न सक्षम हुनुभएको छ ।

भद्रसिंहको जस्तै म्यागङ गाउँपालिका–६ सामरीकै पल्छिरिङ तामाङ पनि दुःख र कष्टको वैदेशिक रोजगारीको नियति भोगेर आफ्नै माटोमा मेहनत पछि सफल व्यवसायीको रुपमा दरिएका युवा हुनुहुन्छ । वैदेशिक रोजगारीका लागि चार वर्ष मलेशियामा मजदूरी गरेर पनि सन्तुष्ट बन्न नसकेपछि स्वदेश फर्किएर विगत ३ वर्षदेखि उहाँ गाउँमै कुखुरापालन गरी उदाहरणीय व्यावसायिक युवा बन्नुभएको छ । पाँच सय ब्रोइलर कुखुराबाट व्यवसाय शुरु गर्नुभएका पल्छिरिङले कुखुरा मात्रै नभएर अण्डासमेत उत्पादन गर्ने र दोहोर आम्दानी लिने योजनाकासाथ आफ्नो व्यवसायलाई फराकिलो बनाउनुभएको छ । अहिले दुई हजारसम्म लेस जातको कुखुरा पाल्नुभएको छ उहाँले । “विदेश गएर धेरै पैसा कमाइन्छ भनेर गएँ तर, मेहनत मात्रै खेर गयो,” उहाँले वैदेशिक रोजगारीमा बेहोरेको दुःख र अहिले गाउँमै व्यवसाय गरेपछिको सफलताको तुलना गर्दै भन्नुभयो – “मोती त हाम्रो स्वदेशी माटोमा रहेछ । दुःख त आखिर जहाँ गए पनि गर्नैपर्छ तर, विदेशको नारकीय जीवनभन्दा यहाँ आफ्नै ठाउँ स्वर्ग रहेछ ।’

सीमित लगानीबाट शुरु गरेको पल्छिरिङको व्यवसायमा अहिले ११ लाख रुपैयाँसम्मको लगानी थपिइसकिएको छ । कुखुराबाहेक अण्डा बिक्रीबाट मात्रै उहाँले एकदेखि डेढ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । रासस