• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

तोरीखेतीतर्फ आकर्षण बढ्दो



चितवन । तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने किसानले आलुखेती गर्ने गरेका थिए ।

पछिल्ला तीन वर्षमा तोरी लगाउने क्रम बढेर गएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । केन्द्रका प्रमुख सुधिर श्रेष्ठका अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष एक सय हेक्टर क्षेत्रफल बढेको छ । किसानको तोरीखेतीतर्फ आकर्षण बढेसँगै क्षेत्रफलमा पनि वृद्धि भएको उहाँले बताउनुभयो । गतवर्ष जिल्लामा १२ हजार चार सय हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो । यो वर्ष १२ हजार ५०० हेक्टरमा तोरी लगाइएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा १२ हजार तीन सय हेक्टरमा तोरी लगाइएको थियो । किसानले आफूले खानका लागि मात्रै भए पनि तोरी लगाउने क्रम बढेको उहाँले बताउनुभयो । बजारको तेलमा मिसावट हुने आशङ्कामा किसानले आफ्ना लागि आफैँ उत्पादन गर्न लागेको श्रेष्ठको भनाइ छ । क्षेत्रफल बढेसँगै उत्पादनमा पनि वृद्धि हुने अनुमान कार्यालयले गरेको छ । यससँगै विकल्पका रूपमा यो मौसममा लगाइने आलुमा भन्दा तोरीमा लाभ बढी हुने देखिएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।

तोरी लगाउन सजिलो र नाफा राम्रो हुने पनि श्रेष्ठ बताउनुहुन्छ । विगतका वर्षमा मलको अभाव भए पनि पछिल्ला वर्षमा तोरीमा प्रयोग हुने मलको आपूर्ति सहज हुनेगरेको छ ।

तोरीका लागि माटोमा बन्दक नामक तत्व आवश्यक पर्ने हँुदा त्यो तत्व दिने एमोनियम सल्फेट ९चिनी मल० प्रयोग हुने गर्दछ । सो मलको प्रयोगले तोरीमा दाना पुष्ट हुने र तेलमा गुणस्तर वृद्धि हुने कार्यालयले जनाएको छ । श्रेष्ठका अनुसार यो वर्ष तोरीको उत्पादन गत वर्षको तुलनामा २५० मेट्रिकटन बढी हुने अनुमान गरिएको छ । गतवर्ष १३ हजार ५१६ मेिट्रकटन तोरी उत्पादन भएको यस जिल्लामा यो वर्ष १३ हजार ७५० मेट«िकटन उत्पादन हुने उहाँले बताउनुभयो ।

जिल्लाको माडी, भरतपुर महानगरपालिकाका केही स्थान र पूर्वी चितवनमा बढी मात्रामा तोरी लगाइन्छ । रासस