५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

कृषि थोक बजारबाट कृषक लाभान्वित

कृषि थोक बजारबाट कृषक लाभान्वित
अ+ अ-

विराटनगर । कृषकको जीवनस्तर उकास्न मोरङको कटहरीमा निर्माण भएको कृषि थोक बजारले ठूलो मद्दत गर्ने भएको छ ।

कृषकले उत्पादन गरको फलफूल तथा तरकारीलाई व्यवस्थित गरी बजारसम्म पु¥याउन कृषि थोक बजारले सहयोगीको भूमिका निर्वाह गर्ने प्रदेश नं–१ का कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि विकास अधिकृत मनोज यादवले बताउनुभयो ।

कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्दै आएको प्याक्टले २०६८ सालमा तत्कालीन कटहरी गाविससँग सम्झौता गरेको थियो । त्यही सम्झौताको आधारमा नेपाल सरकारले २०७४ साल पुसमा व्यावसायिक कृषि व्यापार आयोजनाको काम अगाडि बढाएअनुरुप स्थानीय जनप्रिय मावि कटहरीले चार कठ्ठा दुई धुर र कटहरी गाविसले १८ धुर उपलब्ध गराएको जग्गामा अहिले अत्याधुनिक कृषि थोक बजार निर्माण भएको हो ।

बजारमा तरकारी ४५ हजार मेट्रिकटन र फलफूल आठ हजार मेट्रिकटन अट्ने क्षमताको छ । विराटनगरको सिङ्घिया नदीसँग जोडिएको सो भवनबाट विगतमा कृषकले भोग्दै आएको समस्या समाधान हुने कृषि विकास निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत प्रकाश डाँगीले बताउनुभयो ।

नेपाल सरकारले कृषि क्षेत्रमा लागेका कृषकको जीवनस्तर उकास्न तथा कृषकको उत्पादनलाई व्यवस्थित भण्डारण गर्न कामाडौँमा पुष्प र तरकारी थोक बजार, बुटवल र विराटनगरमा व्यावसायिक कृषि थोक बजार, जनकपुर र दमकमा पशु बजार खोल्ने निर्णय गरेपछि कृषि क्षेत्र र कृषकमा उत्साह पैदा भएको थियो ।

भूमि कन्सट्रक्सन प्रालिले ठेक्कामा लिई रु १७ करोडको लागतमा एउटा तरकारी थोक बजार र अर्को फलफूल थोक बजारसहित एक अत्याधुनिक भवन पनि निर्माण गरेको छ । भवनको लागि प्याक्टले रु १२ करोड र नेपाल सरकारले रु पाँच करोड खर्च व्यहोरेको कन्सट्रक्सनका प्रोप्राइटर अविनाश बोहराले जानकारी दिनुभयो ।

व्यावसायिक कृषि व्यापार आयोजना काठमाडौँका वरिष्ठ आयोजना अधिकृत दिनेशप्रसाद सापकोटाले सुनसरी, मोरङ, झापा र धनकुटाका कृषकलाई लाभान्वित गराउने उद्देश्यले बनाएको यो बजारबाट स्थानीय बजारमा तरकारी र फलफूल सजिलै उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

बजारमा थोक बिक्रेताका लागि ४० वटा र खुद्रा बिक्रेताका लागि ३५ वटा स्टल बनाइएको छ । तरकारी कृषक बुनिलाल राजवंशीले तरकारी तथा फलफूल उत्पादन गर्ने कृषकका लागि बनाइदिएको यस्तो व्यवस्थित बजारबाट सबै कृषक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । रासस