४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

प्राकृतिक कारणबाट गैँडा मर्नेको सङ्ख्या बढ्दो

प्राकृतिक कारणबाट गैँडा मर्नेको सङ्ख्या बढ्दो
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज विभागले अध्ययनका लागि गठन गरेको कार्यदलले स्थलगत अध्ययन गरेको छ ।

विभागले अध्ययनका लागि पर्यावरणविद् हरिभद्र आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलका विज्ञ सहितको समूहले सोमबार निकुञ्जको अध्ययन गरी आज फर्किएको छ । संयोजक आचार्यका अनुसार निकुञ्जभित्रका घाँसेमैदान, पानीका स्रोत रहेका ठाउँ, दलदल भएका ठाउँ, गैँडाको राम्रो वासस्थान रहेका क्षेत्र लगायतका ठाउँको स्थलगत अध्ययन गरिएको छ ।

यससँगै गैँडासँग सम्बन्धित सम्पूर्ण तथ्याङ्क पठाउन निकुञ्ज कार्यालयलाई आग्रह गरिएको उहाँले बताउनुभयो । कार्यदलले समग्र निकुञ्जको भू–भागमध्ये गैँडाको वासस्थानको अवस्थाको बारेमा पनि कार्यालयसँग जानकारी लिएको छ । निकुञ्जबाट सबै विवरण प्राप्त भएपछि विज्ञ बसेर विस्तृत अध्ययन गरिने उहाँले बताउनुभयो ।

निकुञ्जको विस्तृत रुपमा स्थलगत अध्ययन गरेर विभागलाई प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो । यही मार्चसम्ममा प्रतिवेदन बुझाउने गरी काम शुरु गरिएको संयोजक आचार्यले बताउनुभयो । कार्यदलमा वन मन्त्रालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जुलोजिकल सोसाइटी अफ लण्डनका विज्ञ र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सदस्य रहेका छन् ।

सन् २०१५ को गणनाअनुसार निकुञ्जमा ६०५ वटा गैँडा छन् । प्राकृतिक कारणबाट गत आर्थिक वर्षमा २६ वटा गैँडा मरेका थिए । यस आर्थिक वर्षको हालसम्म १०९ वटा गैँडा कालगतिले मरेका छन् ।

निकुञ्जको तथ्याङ्क अनुसार सन् २०१४ मा ८ वटा, सन् २०१५ मा १५ वटा, सन् २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैंँडा कालगतिले मरेका छन् । यसअघि चोरी शिकारीबाट सबैभन्दा बढी सन् २००२ मा ३६ वटा, सन् २००३ मा ३० वटा, सन् २००५ मा १६ वटा र सन् २००० मा १५ वटा गैँडा मारिएका थिए ।

विसं २०७३ चैत २५ गतेपछि चोरी शिकारीबाट भने गैँडा मर्न पाएका छैनन् । चोरी शिकारीबाट गैँडा नमरे पनि प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढेपछि चिन्ता व्यक्त गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले धेरैजसो गैँडा जुँधेर मरेको पाइएको बताउनुभयो । दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, बुढो भएर पनि गैँडा मर्ने गरेका छन् । रासस