४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

मृत शरीरको प्रतिकृति निर्माण गर्दै चिडियाखाना

मृत शरीरको प्रतिकृति निर्माण गर्दै चिडियाखाना
अ+ अ-

काठमाडौँ । सदर चिडियाखानाले अवलोकनकर्ताका लागि संरक्षित जीवजन्तुको मृत शरीरको प्रतिकृति बनाएर राख्ने भएको छ ।

चिडियाखानाका व्यवस्थापक प्रमुख डा चिरञ्जीवी खनालले भन्नुभयो, “यसअघि विभिन्न कारण वा उमेर पुगेका मृत्यु भएका जनावरको प्रतिकृति बनाउने प्रचलन थिएन, यो पहिलो पटक गर्न लागिएको हो ।” चिडियाखानामा संरक्षित गरी अवलोकनका लागि राखिएका जनावर मरेमा ती जीवजनावरको भित्री भागलाई फालेर छालाको मात्रै प्रयोग गरी प्रतिकृति निर्माण गरिने छ ।

“मृत जनावरको प्रतिकृति बनाउनका लागि स्थान निर्माणको काम भइरहेको छ, केही महीनाभित्र उक्त स्थान निर्माणको काम सम्पन्न हुन्छ, राख्ने स्थान निर्माण सकेसँगै चिडियाखानाले उक्त कार्य गर्न शुरु गर्ने छ”, प्रमुख खनालले भन्नुभयो । चिडियाखानामा राखिएका जनावर मरेपछि पहिले कस्ता किसिमका जनावर राखिएको थियो भन्ने जानकारी दर्शकले प्रतिकृतिमार्फत पाउनेछन् ।

स्थानको अभाव र सधैँ सबै प्रकारका जनावर नपाउने भएको हुँदा पनि कुन समयमा कुन जनावर सर्वसाधारणका लागि राखिएको थियो, अहिले उक्त जानवर छ कि छैन भन्ने जानकारी अवलोकनकर्तालाई दिनु यसको मुख्य उद्देश्य रहेको चिडियाखानाले जनाएको छ । सबै संरक्षित जीवको प्रतिकृति राख्न नसके पनि मुख्यगरी बाघ, भालु, गैँडा,हात्ती,रेड पाण्डा, वन मान्छे, रिङटेल्ड लिमर, मयुँर डाँफे जस्ता जीव जनावरको प्रतिकृति बनाइने छ ।
उक्त स्थान चिडियाखानाको टिकटघर नजीकै तय गरिएको छ जहाँ दर्शकले भित्र प्रवेश गर्नेबित्तिकै देख्न पाउनेछन् । हाल चिडियाखाना ६ हेक्टर क्षेत्रफलमा १२७ प्रजातिका एक हजार दुई १९ जीवजन्तु छन् । केही वर्षअघि ८०० जीवजन्तु रहेको यहाँ गत वर्ष धेरै चरा ल्याइएकाले सङ्ख्या बढेको चालिसेले बताउनुभयो ।

 

गत आर्थिक वर्षमा अवलोकनकर्ताबाट रु १४ करोडको आम्दानी गरेको चिडियाखानामा एक लाख स्वदेशी र विदेशी पाहुना जीवजन्तु हेर्न पुगेका थिए । चिडियाखाना अवलोकन गर्न १२ वर्षमुनिकालाई रु ५०, विद्यार्थीलाई रु १००, सर्वसाधारणलाई रु १५०, सार्क राष्ट्रका पाहुनालाई रु २२० र अन्य देशका नागरिकलाई रु ७५० प्रवेश शुल्क तोकिएको छ । अघिल्लो आर्थिक वर्षमा अवलोकनकर्ताबाट रु १२ करोड आम्दानी गरिएको थियो । तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेर राणाले आफ्नो निजी प्रयोगका लागि निर्माण गर्नुभएको थियो । चिडियाखाना तेइस वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत रही व्यवस्थापन हुँदै आएको छ । अहिले चिडियाखानामा ७५ कर्मचारी कार्यरत रहनुभएको छ ।

 

त्यसैगरी चिडियाखानाले अहिले जीवजनावरलाई गर्नुपर्ने व्यवहार कस्तो हुनुपर्छ भन्ने शिक्षा दिनका लागि ‘जुको साथी’ भन्ने कार्यक्रम शुरु गरेको छ जसअन्तर्गत काठमाडौँ उपत्यकाका पाँच सय विद्यालयका ८० विद्यार्थीले साथीका रुपमा रही आलोपालो गरी चिडियाखानामा रहेका जीवजनावरलाई खुवाउने र स्याहारसम्भार गर्ने गरेको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले जानकारी दिनुभयो ।

त्यस्तै पछिल्लो समय चिडियाखानाले राति पनि अवलोकन गर्न सक्ने व्यवस्था गरेको छ । राति अवलोकन गर्दा थप मनोरञ्जन लिन सकिने बाघ, भालुजस्ता १४ स्तनधारी जनावरको अवलोकन गर्न अवलोकनकर्ता आउने गरेको चालिसे बताउनुहुन्छ । साँझ ४ :३० देखि ७ बजेसम्म अवलोकनकर्ताका लागि समय तोकिएको छ । सो समयमा एक सय जनासम्मले अवलोकनकर्ता आउने गरेका छन् । रासस