४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

जैविक सिमीले मूल्य पाएन

जैविक सिमीले मूल्य पाएन
अ+ अ-

सिञ्जा ।  जुम्लामा उत्पादित जैविक सिमीले उचित मूल्य नपाउँदा किसान चिन्तामा परेका छन् ।

जिल्लाका दूरदराजका क्षेत्रमा उत्पादन भएको सिमीले मूल्य नपाएको हो । अहिले जिल्ला सदरमुकाम आसपासका क्षेत्रमा सिमी प्रतिकिलो रु १२० मा बिक्री भइरहेको छ । गाउँका किसानले भने बढीमा रु १०० मा बेच्ने गरेका छन् ।

तातोपानी गाउँपालिका–२ कि बेलु चनाराले व्यापारीले आफूलाई ठग्ने गरेको बताउनुभयो । “व्यापारीले हामीलाई फकाइफुलाइ कमाउ धन्दा चलाउँछन्”, उहाँले भन्नुभयो, “हामीले सिमीको उचित मूल्य पाउन सकेका छैनौँ ।”

यस्तै सिमीको मूल्य नपाउने अर्का किसान हुन् तिला गाउँपालिका–६ का लालबहादुर रावत । उहाँले जुम्लाबाट सुर्खेतमा ल्याएको सिमी बिक्री गर्न सक्नुभएको छैन । अहिलेसम्म रावतको पाँच क्विन्टल सिमी बिक्री भएको छैन । सुर्खेतस्थित मङ्गलगडी चोक नजिकै खुला चौरमा भण्डारण गरेर राखेको सिमी सोध्न आउने गरेको भएपनि खरीद गर्न निकै कम आउने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुम्लाको सिमीका लागि सुर्खेतको बजार पनि काम लागेन, यसले सिमी उत्पादन गर्ने किसान निरुत्साहित हुने खतरा बढेको छ ।” जुम्लाका गाउँमै प्रतिकिलो रु ११० मा खरीद गरिएको सिमी रु १२० मा समेत बिक्री नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुर्खेतमा सिमीको माग अत्यधिक छ भन्ने कुरा जुम्लामा सुनिन्छ तर सुर्खेतमा आउँदा लामो समयसम्म भण्डारण गर्नुपर्ने बाध्यता छ ।” उहाँले बिक्रीका लागि ५० क्विन्टल सिमी सुर्खेत पु¥याउनुभएको छ । खुद्रा बेच्दा प्रतिकिलो रु १२५ र थोकमा रु ११५ मै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

“कर्णाली प्रदेश सरकारले प्राङ्गारिक कृषिजन्य वस्तुको प्रवद्र्धन गर्ने भन्छ, प्राङ्गारिक जिल्ला जुम्लाबाट आएको बस्तुले भाउ पाउँदैन, यो बिडम्वना छ”, उहाँले भन्नभयो । उहाँका अनुसार सरकारले जुम्लामा स्याउ र सिमीलाई प्राथमिकता दिइरहेको तर यसको बजारीकरण भरपर्दो छैन ।

सरोकारवाला पक्ष गम्भीर भएर नलागे यहाँका किसानले उत्पादनको मूल्य नपाउने खतरा बढेको छ । जुम्लास्थित चन्दननाथ सहकारीले वीरेन्द्रनगरमा जुम्लाको जैविक सिमीको सुपथ मूल्यको पसल राख्न थालेको छ । जुम्लाबाट ल्याएको सिमी यहाँ ग्रेडिङ, लेवलिङ, प्याकेजिङ र जैविक प्रमाणीकरण गरेर मात्रै बजारसम्म लैजाने प्रबन्ध मिलाउँदैछ ।

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले सिमीको व्यावसायिक खेतीसँगै किसानलाई जैविक प्रमाणीकरण गरेर मात्रै बजारसम्म पुर्याउन आग्रह गर्नुभयो । उहाँले किसानलाई व्यावसायिक बनाउँदै कर्णाली प्रदेशबाट सिमी निर्यात गर्ने योजना तर्जुमा गर्न लागेको जानकारी दिनुभयो । रासस