४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

माछापालन व्यवसायबाट मनग्य आम्दानी लिँदै कृषक

माछापालन व्यवसायबाट मनग्य आम्दानी लिँदै कृषक
अ+ अ-

बेझाड । माछापालन व्यवसायबाट पाल्पाका कृषकले मनग्य आम्दानी लिन थालेका छन् । आधुनिक पोखरी निर्माण गरी व्यवसाय गर्न थालेपछि यहाँका कृषकले माछापालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका हुन् ।

घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका माछापालन गरेका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले आर्थिक वर्ष ०७००७१ देखि साविक जिल्ला कृषि विकास कार्यालयले माछापालनकार्यक्रममार्फत सहयोग गरेपछि जिल्लामा माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो ।

कार्यालयले परम्परागत शैलीमा माछापालन गरेका कृषकलाई व्यवसायउन्मुख बनाउन प्राविधिक तथा आर्थिक सहयोग गरेको छ । अन्य पेशा तथा व्यवसायका तुलनामा माछापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएको माछापालन व्यवसायी सङ्घ जिल्ला अध्यक्ष एवं अगुवा कृषक महेश्वर पन्त बताउनुहुन्छ । “उत्पादित माछा बिक्री गर्न बजार सहज भएपछि यस व्यवसायमा कृषक आकर्षित हुँदै गएका छन्”, उहाँले भन्नुभयो ।

एक कृषकले वार्षिकरूपमा रु दुई लाखदेखि तीन लाखसम्म माछापालन व्यवसायबाट आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । पाँच रोपनी क्षेत्रफलमा माछापालन व्यवसाय गर्नुभएका पन्तले वार्षिक करीब तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

तानसेन नगरपालिका–१२ बौघापोखराथोकका टङ्कनाथ घिमिरेले पाँच वर्ष अघिदेखि दुई कट्ठा क्षेत्रफलमा माछापालन व्यवसाय गर्दै आउनुभएको छ । उहाँ जिल्लामै यस व्यवसायमा सफल व्यवसायीका रूपमा चिनिनुहुन्छ । घिमिरेले माछाको व्यापार राम्रो हुन थालेपछि अहिले फिसिङ रिसोर्ट सञ्चालन गर्नुभएको छ । “माछाको माग राम्रो हँुदै गएपछि अहिले आफ्नै रिसोर्टबाट माछा बिक्री गरिरहेको छु” उहाँले भन्नुभयो । तीन लाखको लगानीमा व्यवसाय शुरु गर्नुभएका घिमिरेले वर्षमा खर्च कटाएर करीब तीन लाख बराबरको आम्दानी गर्नुहुन्छ ।

लामो समयसम्म तरकारी खेती गर्नुभएका रामपुरका अगुवा कृषक सूर्यप्रसाद अधिकारीले पनि तरकारी खेती छाडेर माछापालन व्यवसाय थालनी गर्नुभएको छ । “माछा पालेर राम्रो आम्दानी हुने सम्भावना देखेर तरकारी खेती छाडेर अहिले माछापालन व्यवसायमा लागेको छु”, अधिकारीले भन्नुभयो । उहाँले चार रोपनी जग्गामा यसै वर्षदेखि माछापालन व्यवसाय शुरु गर्नुभएको हो ।

यहाँका कृषकले सिल्भर, बिगहेड, कमन, रहु, ग्रास कार्प जातको माछापालन गरेका छन् । सीमसार क्षेत्र पर्ने अन्य बालीको उत्पादन लिन नसकिएको जमीनमा कृषकले माछापालन गरी राम्रो आम्दानी गर्न सफल भएका छन् । जिल्लामा हालसम्म १५६ जना कृषक माछापालन व्यवसायमा आबद्ध छन् । यहाँ छ दशमलव ५५ हेक्टर क्षेत्रफलमा १४१ वटा पोखरीमा व्यक्तिगत तथा सामूहिकरूपमा कृषकले माछापालन व्यवसाय गर्दै आएको पाइएको छ ।

जिल्लामा वार्षिकरूपमा २० देखि २५ मेट्रिक टन माछा उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका कृषि अर्थविज्ञ ज्ञानकुमार यादवले जानकारी दिनुभयो । “व्यवस्थित पोखरी निर्माण गरेर कृषकहरू राम्रो आयआर्जन गर्ने गरी माछापालन व्यवसायमा लागेका छन्”, यादवले भन्नुभयो ।

जिल्लाको तानसेन, रामपुर, रैनादेवी छहरा, गल्धा, दोभान, पोखराथोक, बौघापोखराथोक, सोमादी, कसेनी, अर्गलीलगायतका क्षेत्रका कृषक यस व्यवसायमा आबद्ध छन् । बिक्रीका लागि बजार सहज भए पनि भैरहवाबाट माछाका भुरा ल्याउन समस्या परेको सम्बद्ध कृषक गुनासो गर्छन् । रासस