४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

निजगढ विमानस्थल समयमै सम्पन्न गर्न निर्देशन

निजगढ विमानस्थल समयमै सम्पन्न गर्न निर्देशन
अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।

समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउनसक्ने समस्या सम्बन्धमा सचेत गराउँदै कुनै पनि बाहनामा विमानस्थल निर्माण कार्यलाई गत्यावरोध हुन नदिई निर्धारित समयभित्र निर्माण गरिसक्नुपर्छ भन्ने निष्कर्ष निकालेको हो ।

समितिको आजको बैठकमा समिति सभापति दिलकुमार रावल थापाले विमानस्थलको लागि सिमाङ्कन गरिएको क्षेत्रमा टाँगिया बस्ती, काठगाउँ बस्तीका बासिन्दा विमानस्थल निर्माणलाई सहयोग गर्ने उद्देश्यले तत्कालै स्थानान्तरण हुन तयार रहेको पाइएको जानकारी दिनुभयो ।

समितिले आयोजनाको डिपिआर तयार गरी चालु आर्थिक वर्षभित्र स्वीकृत गरिसक्न आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । ‘विमानस्थलको मुख्य धावनमार्गको रुपमा रहने टाँगिया बस्तीको रुथानान्तरणको लागि तत्काल उपयुक्त स्थानको टुङ्गो लगाउन, ती बस्तीका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गरी बस्ती व्यवस्थापनको कार्य अगाडि बढाउन आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने’ समितिको निष्कर्ष सुझाव तथा निर्देशनमा भनिएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ बारा देशको पर्यटन पवद्र्धन र आर्थिक विकासका लागि मात्र नभई अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको पहिचान एवं गौरव बढाउन समेत महत्वपूर्ण योगदान गर्ने आयोजना हो ।

समितिले आयोजना स्थलभित्रका बस्ती स्थानान्तरण गरेपश्चात् विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक स्थानका रुख मात्र कटान गरी विमानस्थल निर्माण कार्य अविलम्ब अगाडि बढ्न र रुख काटिएवापत रोपिने नयाँ बिरुवाको सम्बन्धमा समेत योजना पेश गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिकी सभापति थापाले भन्नुभयो, “विमानस्थल निर्माण भए पश्चात् सिर्जना हुने रोजगारीका अवसरमा आयोजनाबाट विस्थापित हुने व्यक्ति र स्थानीय बासिन्दालाई विशेष प्राथमिकता दिने व्यवस्था गर्न निर्देशन गरिएको छ ।”

विमानस्थल निर्माणमा स्थानीय सरोकारवाला सबै एकमत भएको र आयोजना एथाशीघ्र सम्पन्न होस् भन्ने चाहेको समितिको प्रतिवेदनमा जनाइएको छ । विमानस्थल निर्माण पश्चात तल्लोतटीय क्षेत्रमा सिँचाइ तथा जरुवा व्यवस्थापनमा उत्पन्न हुनसक्ने समस्याको आंकलन गरी सिँचाइको वैकल्पिक स्रोतको व्यवस्था गर्न र आयोजनाको निर्माणको क्रममा चुरे क्षेत्रको संरक्षणमा समेत सजग रहन समितिले निर्देशन दिएको छ ।

समितिले स्थलगत अनुगमनका क्रममा आयोजनाको क्षेत्रको जङ्गलमा पोथ्रा, बुट्यान र साना तथा कम उमेरका रुखको सङ्ख्या अत्याधिक देखिएको र अन्य रुखलाई विमानस्थल नजिकै खालिरहेका सार्वजनिक जग्गामा वृक्षरोपण गरेमा चार÷पाँच वर्ष भित्रमा पुनः हरियाली बढाउन सकिने देखिएको जनाएको छ । रासस