५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

चन्द्रमामा चिनियाँ यान

चन्द्रमामा चिनियाँ यान
अ+ अ-

पहिलो पटक चन्द्रमाको टाढाको भागमा अवतरण गरेको रोबोटिक यानले संकलन गर्ने नमुनाबाट भौगर्भिक अवस्थाको अध्ययन गरिने

बेइजिङ । चीनले पहिलो पटक चन्द्रमाको टाढाको भागमा रोबोटिक अन्तरिक्ष यान अवतरण गरेको जनाएको छ । चन्द्रमाको परको भाग अर्थात् पृथ्वीबाट नदेखिने क्षेत्रबारे हालसम्म कुनै अध्ययन भएको छैन ।

चीनले चन्द्रमाको टाढाको भागको अध्ययनका लागि प्रक्षेपण गरेको चांग ई–४ रोबटिक यान । तस्बिर स् रोयटर्स
बेइजिङको स्थानीय समयानुसार बिहीबार बिहान १० बजेर २६ मिनेटमा मानवरहित ‘चांग ई–४’ यान चन्द्रमाको दक्षिणी ध्रुव एइटकेन घाँटीमा अवतरण गरेको हो ।

चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले यानको सहयोगले उक्त क्षेत्रको भौगर्भिक अवस्थाबारे अध्ययन गरिनेछ । साथै यानले एक जैविक प्रयोग गर्न चाहिने उपकरणसमेत साथमा लगेको छ । यानको अवतरणलाई अन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोसेढुंगाका रूपमा लिइएको छ ।

यसअघि चन्द्रमाको पृथ्वीतर्फ फर्किएको क्षेत्रमा मात्र यानहरू अवतरण गरिएका थिए । हालैका वर्षहरूमा भने चन्द्रमामा कुनै पनि यान अवतरण भएका छैनन् । यस पटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा यान पुगेको हो ।चन्द्रमाको नजिकको र टाढाको भागमा धेरै अन्तर भएको बताइन्छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले उक्त यान चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा गत साता नै उत्रेको जनाएका थिए । चन्द्रमाको टाढाको क्षेत्रमा अवतरण गर्ने लक्ष्यका साथ पठाइएका कारण यसलाई जोखिमपूर्ण तथा जटिल मानिएको थियो । ‘चांग ई–४’ ले पठाएको सतहको तस्बिर चीनको सरकारी सञ्चारमाध्यमले सार्वजनिकसमेत गरेको छ । यानसँग प्रत्यक्ष सम्पर्क स्थापित नभएपछि ती तस्बिरहरू नजिकैको भू–उपग्रहमार्फत पृथ्वीमा प्राप्त भएको हो ।

यसअघि चाइन विश्वविद्यालयका लङ सियावले ‘चन्द्रमाको परको क्षेत्रबाट पृथ्वीको दृश्य नदेखिने भएकाले सञ्चार चुनौती सामना गर्नुपर्ने’ बताएका थिए । चिनियाँ अधिकारीका अनुसार उक्त यानले चन्द्रमाका चट्टान तथा धूलोका नमुना संकलन गरी पृथ्वीमा ल्याउनेछ । सन् २०१३ मा ‘चांग ई–३’ यानले चन्द्रमाको सजिलो क्षेत्रमा अवतरण गरेको थियो ।

क्यालिफोर्निया इस्न्टिच्युट अफ टेक्नोलजीका खगोल शास्त्री ये कुआन्जीले भने, ‘अन्य अन्तरिक्ष शक्तिहरूले हालसम्म नगरेको प्रयास चीनले गरेको हो ।’ गत डिसेम्बर ७ मा सिचाङ भूउपग्रह केन्द्रबाट पठाइएको ‘चांग ई–४’ यान डिसेम्बर १२ मा चन्द्रमाको सतहमा पुगेको थियो । ‘चांग ई ४’ को मद्दतले भन कार्मन क्रेटरको समेत अध्ययन गरिने जनाइएको छ । उक्त क्रेटर (खाल्डो) चन्द्रमाको सुरुवाती इतिहासमा कुनै विशाल घटनाका कारण बनेको अनुमान छ ।

सामान्यतस् हामीले पृथ्वीबाट चन्द्रमाको एक पाटो मात्र देख्न सक्छौं । चन्द्रमाले आफ्नो अक्षमा घुम्दा लाग्ने समय र उसले पृथ्वीको एक परिक्रमा गर्न लाग्ने समय अवधि एकै हुने भएकाले हामीले पृथ्वीबाट चन्द्रमाको अर्को पाटो देख्न नसकिएको हो । त्यस्तो प्रक्रियालाई ‘टाइडल लकिङ’ भनिन्छ ।

चन्द्रमाको परको क्षेत्रलाई ‘अँध्यारो पाटो’ अर्थात् नदेखिने पाटोसमेत भनिन्छ । तर दिन र रात भने चन्द्रमाका दुवै पाटामा हुन्छ ।बीबीसी