६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

डन मनाङ्गेको शपथ कारण सांसद दुई कित्तामा, दलहरु मौन

डन मनाङ्गेको शपथ कारण सांसद दुई कित्तामा, दलहरु मौन
अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि शपथ ग्रहणका लागि निवेदन दिएर राजनीतिक ‘हटकेक’ बनेका राजीव गुरुङ (दीपक मनाङे) को विषयमा गण्डकी प्रदेशका सांसद दुई कित्तामा विभाजित भएका छन्। राजनीतिक जीवनमा आउनुपूर्व ‘डन’ को छवि बनाएका मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका हुन्। निर्वाचन जिते पनि उनले सांसदको हैसियत अहिलेसम्म पाएका छैनन्। शपथ लिनुअघि नै उनी कारागार चलान भए।

नयाँ फौजदारी संहिताले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने अधिकार दिएकाले मनाङे सर्वोच्चको आदेशमा पुस ६ गते कारागरमुक्त भएका हुन्। आदेशअनुसार उनले बाहिरै बसेर यसअघिको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने छन्। कारागारबाट छुटेपछि प्रदेशसभा सदस्यको शपथ लिन पोखरा आएर उनले ११ गते निवेदन दिए। मनाङेको निवेदनका विषयमा दलहरूले आधिकारिक धारणा सार्वजनिक नगरे पनि सांसदको धारणा भने फरकफरक छ।

संसद्को सबैभन्दा ठूलो दल नेकपा संसदीय दलको बैठक बसेको छैन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यसबारे आधिकारिक धारणा बनाएको छैन्। तर, प्रदेशसभा सदस्यहरूले भने उनको शपथ निवेदनलाई लिएर आआफ्नो धारणा बनाएका छन्। नेकपाका सचेतक मायानाथ अधिकारीले भने, ‘नेकपा संसदीय दलको बैठक बसेको छैन्, केही आधिकारिक धारणा पनि बनेको छैन्। यो कानुनी विषय हो तर राजनीतिक रुपले हेर्दाचाहिँ निर्वाचन जितेर प्रमाणपत्र लिइसकेको व्यक्तिले शपथ गर्न पाउनुपर्छ।’ कार्यव्यवस्था समितिका सदस्यसमेत रहेका अधिकारीले थपे, ‘कानुनी रुपले शपथ गराउन मिल्ने भए सभामुखले गराउनुहुन्छ, नमिल्ने भए गराउनुहुन्न, हामीले सल्लाह दिने हो , हेरौं सभामुखले के गर्नुहुन्छ।’

नेकपाका अर्का प्रदेशसभा सदस्य धनन्जय दवाडीचाहिँ मनाङेले खुलेरै शपथ लिन पाउनुपर्ने बताउँँँछन्। ‘एउटा व्यक्तिचाहिँ जेलबाट हतकडीसहित प्रतिनिधिसभामा गएर शपथ खान पाउने ९रेशम चौधरीप्रति लक्षित०, थुनामुक्त भएको अर्को व्यक्तिले शपथ लिन निवेदन दिएपछि प्रदेशसभाले शपथ नगराउने भन्ने हुँदैन्। मौजुदा कानुनले मनाङेलाई शपथ गराउन रोकेको छैन। मुद्दाको फैसला अदालतले गर्ला तर विधिको पालनाका लागि पनि उनलाई शपथ गराउनुपर्छ।’

यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि दलीय धारणा बनाएको छैन्। तर, सो दलका सांसद अदालतले दोषी ठहर गरेका व्यक्तिलाई शपथ गराउन नहुने धारणा राख्छन्। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले भने, ‘यो विषय सभामुखको क्षेत्राधिकारभित्र पर्छ। मनाङे अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति हुन्। उनले सफाइ पाएका पनि छैनन्। त्यसैले तत्काल उनलाई शपथ गराउन मिल्दैन। शपथ नभएपछि उनी सर्वोच्च जान सक्छन्। त्यसबेला सर्वोच्चले के भन्छ सोही आधारमा निर्णय गरौंला। जनताले जिताएका व्यक्तिको विरुद्ध हामी छैनौं। हाम्रो भनाइ यत्तिमात्र हो कि कानुनी रुपमा गएर निर्णय गरौं।’

नयाँ शक्ति पार्टी नेपालका सांसद हरिशरण आचार्य कानुनी प्रक्रियाकै आधारमा अगाडि बढ्नुपर्ने बताउँछन्। यो विषयमा पार्टीको आधिकारिक धारणा चाँडै सार्वजनिक गर्ने उनले बताए। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाचाहिँ मनाङेलाई अहिले शपथ गराउन नहुने बताउँछन्। ‘शपथ गराउन हुन्न, फौजदारी मुद्दामा दोषी ठहरिएर सजाय तोकिएका कारण उनी शपथ लिन योग्य छैनन्,’ उनले भने, ‘सर्वोच्च अदालतले सफाइ दिएपछि मात्र उनले शपथ लिन पाउँछन्।’ यो विषयमा निर्णयको अधिकार त सभामुखलाई छ नि भन्ने प्रश्नमा उनको जवाफ छ, ‘जहाँसम्म लाग्छ, उहाँले शपथ गराउनुहुन्न।’

सांसदहरु फरकफरक धारणा बनाए पनि आइतबार बस्ने प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले मनाङेको शपथबारे निर्णय गर्नेछ। स्रोतका अनुसार सभामुख तत्काल मनाङेलाई शपथ गराउने पक्षमा छैनन्। ‘अहिले शपथ नगराउने, मनाङेलाई सर्वोच्चमा रिट हाल्न लगाउने र अदालतको निर्णयका आधारमा सभामुखले निर्णय गर्नेछन्’, स्रोतले भन्यो। समाचार नागरिक दैनिकमा छ ।