६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

खुल्यो यसरी रहस्य, द्वन्द्वकालमा सेना टुलुटुलु हेरेर बस्यो

खुल्यो यसरी रहस्य, द्वन्द्वकालमा सेना टुलुटुलु हेरेर बस्यो
अ+ अ-

काठमाडौं । द्वन्द्व सकियो। गणतन्त्र आयो। संविधान बन्यो। देशले संघीयता पायो। दस वर्षे हत्या–हिंसाको संस्मरण–समीक्षा भने जारी छ। यस्तै सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले द्वन्द्वकालमा सेना किन टुलुटुलु हेरेर बस्यो भन्ने प्रश्‍न गरेका छन्।

‘सेना देशको हो, राज्यका लागि हो भने टुलुटुलु हेरेर किन बस्योरु ’ ठूला–ठूला भीडन्तमा उद्धार उडान गरेका क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक कृति ‘बारुदमाथि उड्दा’ को शनिबार विमोचन गर्दै पूर्वप्रधानन्यायाधीश शर्माले भने, ‘कसको आदेश पर्खेर बस्योरु यो अनुसन्धानको विषय हो।’

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले तत्कालीन सैनिक नेतृत्वले ‘परिचालन गर्न नचाहेको’ बताए। ‘आर्मी परिचालन गर्न त्यसवेलाको नेतृत्वले कहिले चाहेन। नेपाली सेना परिचालन भइसकेपछि ब्यारकेमा आउँदैन, यसले प्रजातन्त्र खान्छ भन्ने डर र त्रास थियो’, उनले भने, ‘नेपाली सेना शुरुमै परिचालन नगरेका कारण ६ वर्षसम्म नेपाल प्रहरीले दुःख भोग्नुपर्‍यो। नजिकै एउटा सुरक्षा फौज मरिरहेको छ, अर्को फौज त्यहीं नजिकै बसेर रमिता हेरिरहेको छ। मलाई आदेश छैन भनेको भरमा।’

जब माओवादीको निसानीमा सेना स्वयं पर्न थाल्यो अनि मात्र २०५८ सालमा संकटकालमार्फत परिचालन गरिएको थियो। त्यसअघि नेपाल प्रहरीका उद्धारमा हेलिकप्टर सहयोग गर्दै आएका क्याप्टेन थापा नेपाली सेनाको ‘इन्स्ट्रक्टर पाइलट’ बनेका थिए। नेपाली सेनाका हेलिकप्टरबाट जोखिमपूर्ण उद्धारहरू गरेका थिए। त्यसका कारुणिक दृश्यहरू एवं साहसी÷दुस्साहसी भोगाइ समेटेर उनले ‘बारुदमाथि उड्दा’ लेखेका हुन्।

पुस्तक मानवअधिकार आयोगका अध्यक्ष शर्मा र लेखककी आमा सूर्यकुमारी थापाले संयुक्त विमोचन गरे। ‘आँखा खोल्दा म ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालको बेडमा गम्भीर घाइते अवस्थामा रहेछु’, पुस्तकमा उल्लिखित क्याप्टेन थापाको यो वाक्यले उनी मृत्युको मुखबाट बचेर आएको सुरुमै बताउँछ। थापाले सशस्त्र द्वन्द्वकालमा माओवादी र सुरक्षाफौजभन्दा तेस्रो कोणबाट देखेका र अनुभव गरेका एरियल न्यारेटिभ हो, यो पुस्तक। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन थापाले पुस्तक स्वर्गीय पिता बलबहादुर थापाप्रति समर्पण गरेका छन्।

रणभूमिको यथार्थ

‘बारुद माथि उड्दा कुनै दर्शन र राजनीतिक कृत्ति भने पटक्कै होईन, न त मेरो बिद्वताको आत्मपरक प्रस्तुति नै हो। लेखनको उद्देश्य कुनै व्यक्ति, समूह वा राजनीतिक समूह प्रति लक्षित पनि होइन। यो एउटा हामी नेपालीले विगतमा भोगेका दुःखद क्षणको सचित्र वर्णन मात्र हो, रणभूमिको यथार्थ हो, जीवन मरणको कारुणिक चित्रण हो’, कार्यक्रममा थापाले भने, ‘सो कालखण्डमा एक नेपाली नागरिकको हैसियतले सुरक्षाकर्मीको जीवन बचाउन मैले गरेका इमानदार प्रयासको फेहरिस्त मात्र हो। तसर्थ,यो पुस्तक सार्वजनिक गरेर मैले आफूलाई हलुको महसुस गरेको छु।’

२०५२ देखि दस वर्ष चलेको द्वन्द्वका भिडन्तमा रण मैदानबाट सुरक्षाकर्मीहरूको जीवन उद्धार र सहायताका लागि प्रत्यक्ष खटिएको ब्यक्तिको नाताले आफ्नो भोगाई, वुझाई र मानवीय संवेदनाले यो पुस्तक जन्माएको उनले बताए।

मृत्यु पराजित

क्याप्टेन थापाले भने, ‘म मृत्युलाई जितेर यहाँसम्म आए पनि मसँगैका साथीहरूको मृत्युवरणले दुःखी छु।’ द्वन्द्वकालमा थापाको सुरक्षाका लागि खटिएका अवस्थामा माओवादीले आक्रमण गर्दा ज्यान गुमाएका प्रहरी हवल्दार रवीन शाहकी छोरीको उच्च शिक्षाका लागि उनले सहयोगस्वरूप दुई लाख रुपैयाँ प्रदान गरे। उक्त सहयोग स्वर्गीय साहकी श्रीमती बीना शाहलाई हस्तान्तरण गरियो। उनकै सुरक्षामै खटिँदा आक्रमणमा ज्यान गुमाएका अर्का प्रहरी हवल्दार मेघराज पौडेलको परिवार भने पत्ता लाग्न सकेन। पत्ता लागेपछि उनको परिवारलाई पनि सहयोग गर्ने कार्यक्रममा घोषणा गरियो।

हेलिकप्टर उडाएर युद्धस्तरमा जाँदा जति बेला पनि ज्यान गुमाउन सक्ने सम्भावना भएको बताउँदै क्याप्टेन थापाले भने, ‘आफ्नो परिवारलाई कहाँ जाँदै छु, कतिखेर आउँछु, खबर गर्दिनथँेस किनकि म फर्किन्छु कि फर्किन्न भन्ने मलाई नै थाहा थिएन।’

प्रधानमन्त्री ओलीको प्रेरणा

माओबादी आक्रमणपछिको हरेक घटना सम्बन्धमा क्याप्टेन थापाको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंग निरन्तर भेटघाट र कुराकानी हुन्थ्यो। ‘त्यसबेलादेखी नै उहाँलाई मैले दलको नेताको हैसियत भन्दा पनि राष्ट्रियताको सवालमा स्पष्ट दृष्टिकोण भएको आदर्श व्यक्तित्व मानी आएको छु। मैले आजसम्म पनि उहाँलाई सधै उच्च सम्मान गरी आएकोछु र मेरो जीवनको एक आदर्श पुरूषको रुपमा लिएको छु’, उनले भने।

तत्कालीन एमाले नेता ओलीले उनलाई राष्ट्रका लागि साथ दिन हौसाइरहन्थे। ‘दोहोरो झडपका घटना देखेर म बिक्षिप्त हुन्थें। मलाई उहाँले सदैव किंन्चित बिचलित नभई यस घडीमा राष्ट्रलाई योगदान गर्नुहोस् भनी उत्प्रेरित गर्नु हुन्थ्यो। उहाँले मेरो ज्यादै ख्याल राख्नुहुन्थ्यो’, थापाले भने, ‘शान्ति प्रकृयापश्चात उहाँले मलाई सशस्त्र भिडन्तकाबारे देखे भोगेका कुराहरूलाई लिपिबद्ध गर्न पटक–पटक भन्नुभएको थियो। हरेक भेटमा तपाइले लेखेर कहाँ पु‍र्‍याउनुभयो भनी सोध्ने गर्नुहुन्थ्यो। उहाँको त्यो घचघचाहटयुक्त उत्प्रेरणा एवम् शुभेच्छुकहरूको आग्रहका कारण मेरो भोगाइले आज पुस्तकको रुप पाएको छ।’ त्यसका लागि उनले प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका छन्।

उडान जिन्दगी

कार्यक्रममा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले पुस्तक यथार्थपरक भएको बताए। काभे्रपलाञ्चोकको सामान्य परिवारमा जन्मिएका थापा उद्यमीका रूपमा स्थापित हुन सक्नु गर्वको विषय भएको उनको भनाइ थियो। ‘थापाको जीवन हिँडाइ पनि होइन र त्यो सामान्य यात्रा पनि होइन, त्यो उडान नै हो’, उनले भने। शर्मा र कटवालले पनि पुस्तकका विविध पाटामाथि चर्चा गरे।

अन्नपूर्ण मिडिया नेटवर्कका ग्रुप एडिटर विजयकुमार पाण्डेले क्याप्टेन थापाले दीनदुःखीको जीवनलाई छुन सकेकामा खुसी व्यक्त गरे। ‘अन्ततः मनुष्यको जीवन बचाउनु नै सबैभन्दा ठूलो कुरा हो’, उनले भने। पुस्तकमा सबैभन्दा बढी लेखककी आमाको प्रसंगले आफूलाई छोएको पाण्डेले बताए।

हवाई सेवा, ऊर्जा, मिडियालगायत विभिन्न क्षेत्रका उद्यमी थापा त्यसअघि पेसाले हेलिकप्टर पाइलट हुन्। आफ्नो फ्लाइङ करिअरमा उनले नौ हजार घण्टाभन्दा बढी समय आकाशमा बिताइसकेका छन्। उनले त्यसमध्येको ठूलो हिस्सा द्वन्द्वकालका बेला आकाशमा बिताएका थिए।

अन्नपूर्ण पोस्ट्का पूर्वसम्पादक राजाराम गौतमको सम्पादन सहकार्य रहेको ‘बारुदमाथि उड्दा’ बाट प्राप्त रोयल्टी थापाले क्यान्सर केयर फाउन्डेसनलाई हस्तान्तरण गर्ने घोषणा गरे। गौतमले पुस्तक द्वन्द्वको ऐना रहेको बताए। पुस्तकको अंग्रेजी संस्करणसमेत छिटै आउने भएको छ। यसको अनुवाद अरुण बुढाथोकीले गर्ने भएका छन्। पुस्तक बुकहिलले बजारमा ल्याएको हो।

कार्यक्रममा १० वर्षे सशस्त्र द्वन्द्वकालमा क्याप्टेन थापाले गरेका उद्धार कार्यको भिडियो पनि देखाइएको थियो। उक्त भिडियोमार्फत ‘नदोहोरियोस् यो हिंसा र प्रतिहिंसा’ भन्दै देशमा शान्तिको कामना गरिएको थियो।

निडर उड्डयनकर्ता

२०५६/२०५७ तिर नेपाल प्रहरीलाई सहयोग गरेको निँहुमा माओबादी विद्रोहीले हेलिकप्टर कम्पनी र चालकहरुलाई धम्क्याउँथे। सहयोग नगर्न र गरेमा ज्यानै लिने धम्की आउथ्यो। ‘त्यस क्रममा धेरै धम्की मैले पनि खेंपेको थिएँ। मलाई आक्रमणका प्रयाससमेत भए। तर मैले त्यस्ता धम्कीको कुनै परवाह नगरी प्रहरीलाई अप्ठ्यारो अवस्था सहयोग गर्नुपर्छ भनि खटिएको थिएँ’, थापाले भने, ‘२०५८ मा संकटकाल लागेपछि दैनिकजसो भिडन्त हुन्थ्यो। एक सुरक्षा इकाइबाट अर्को इकाइमा मैले छाडेका अधिकृत तथा जवानहरुको लाश भोलिपल्टै बोक्नुपर्ने हुन्थ्यो।

आफ्ना पति, पिता र सन्तानको लाशमाथि टाउको र छाती बजार्दै अङ्गालो हाली विलाप गरेका सुरक्षाकर्मीका बाबु आमा, विधवा, टुहुराहरूका चीत्कार मेरा आँखाले देखेका हुन्। यी यावत परिवेशको चस्मदिद गवाह भएको नाताले पनि पुस्तक लेखनका लागि म अभिप्रेरित भएको हुँ। हेलिकप्टर खसाल्न बिद्रोहीहरुले प्रहार गरेका गोलीको इन्च बराबरको दुरीबाट बाँच्न सफल भएको भोगाइले समेत मलाई यो पुस्तक लेख्न घचघचाएको हो।’

पुस्तकमा क्याप्टेन थापाले आफ्नो बाल्य जीवनी र युवा अवस्थालाई संक्षेपमा चित्रण गरेका छन्। कुटो कोदालो, घाँसपातसँगै बितेका अनुभवदेखि गरिबी, अभाव र संघर्षका संस्मरण उतारेका छन्।

शान्ति अवतरणमा भूमिका

द्वन्द्वपछिको राजनीतिक व्यवस्थापनमा पनि थापाको भूमिका रह्यो। ‘सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण पश्चातको त्यो कालखण्डलाई मैले निहालीरहेको थिएँ। राजनीतिक दलहरूबीच १२ बुँदे सहमति पश्चात् संविधान लेखनमा हुन गएको ढिला–सुस्ती र अस्पष्टताले मुलुक गतिहीन अवस्थामा रहेको थियो।

तसर्थ एक नागरिकको हैसियतले दलहरुबीच समझदारी सुदृढ बनाउन मैले आफ्नो स्तरबाट सक्दो भूमिका निर्वाह गर्नुपर्छ भन्ने मलाई लाग्यो’, मन्तव्यवमा उनले भने, ‘तसर्थ दलहरुविच १६ बुँदे सहमति कायम गराई संविधान लेखन कार्यमा एकिकृत तुल्याउन मैले आफ्नो तर्फबाट पनि इमान्दार प्रयास गरेको थिएँ। त्यसैको जगमा नेपालमा संबिधान जारी भएको छ। सशस्त्र द्वन्द्वको सदा अन्त्य भएको छ। आपसी भाईचारा कायम भएकोछ। वाँच्न पाउने वातावरण बनेकोछ। मुलुक समृद्दीतर्फ केन्द्रीत भएको छ।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।